+
+

लागूऔषध तस्करका अनेक काइदा : फूलकोपीबाट ब्राउन सुगर बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते २०:५९

२१ फागुन, झापा । झापामा प्रहरीले लागूऔषध ओसारपासरविरुद्धको कारबाहीलाई व्यापक बनाएको छ । यद्यपि, कारोबारीले तस्करी गर्न छाडेका छैनन् ।

बरु नयाँ शैली अपनाएर तस्करी गर्ने कोशिश गरिरहेका छन् । बुधबार प्रहरीले यस्तै नयाँ शैली प्रयोग गरेर लागूऔषध भित्र्याउन खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा–११ का २३ वर्षीय समिर माझी र २२ वर्षीय सुरज माझी छन् ।

झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार फुलकोपीमा लुकाएर उनीहरुले ४.५ ग्राम ब्राउनसुगर तस्करी गर्न खोजेका थिए ।

तर, प्रहरीको सावधानीका कारण उनीहरुको योजना सफल हुन पाएन ।

उनीहरुमाथि लागूऔषध ऐन अन्तरगत जिल्ला अदालत, झापाबाट म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?