Comments Add Comment

बच्चालाई शान्तिपूर्वक कसरी सम्झाउने ?

कहिलेकाहीँ बच्चाहरुलाई सम्झाउनु अभिभावकको लागि निकै कठिन विषय बन्नसक्छ । स्वभावैले जिद्दी हुने बालबालिकालाई सही तरिकाले सम्झाउन सकिएन भने बालबालिकाले पनि अभिभावकले भनेको मान्दैनन् । यसले बालबालिका र अभिभावक दुबैले नराम्रो महसुस गर्न पुग्छन्।

यद्यपि केही मनोवैज्ञानिक उपाय अपनाउने हो भने उनीहरुलाई शान्तिपूर्वक सम्झाउन सकिन्छ । उदाहरणको यदि कुनै बच्चालाई कुनै खानामा रोक लगाउने प्रयास गर्ने हो भने केही दिनमा उसको लागि त्यो सबैभन्दा मनपर्ने खाना बन्नसक्छ ।

यहाँ बालबालिकालाई शान्तिपूर्वक सम्झाउने केही तरिकाहरु उल्लेख गरिएको छ । तर, यस्तो विकल्प जतिबेला पनि प्रयोग गर्नु राम्रो हुँदैन । सम्झाउने अरु कुनै विकल्प नभए मात्र यसको प्रयोग गर्नुपर्छ ।

– बालबालिकाले तरकारी खानमा खासै रुचि देखाउँदैन भने तपाईं त्यो दिन आफ्नो प्लेटमा तरकारी राख्नु र उसको प्लेट खाली राखिदिनुहोस् । जब उसले तपाईंसँग तरकारी माग्छ, उसलाई दिन नखोजेको जस्तो देखाउनुहोस् र थोरै मात्र दिनसक्छु भन्नुहोस् । यसले बच्चामा उक्त तरकारी खाने इच्छा बढ्छ र तरकारी खानमा रुचि राख्न सक्छन् ।

–  बच्चाले यदि कुनै काम बिगार्‍यो भने उसलाई सजायको रुपमा उसलाई सबैभन्दा मनपर्ने कुरा गर्नबाट रोक लगाउनुहोस् । उदाहरणको लागि बच्चाले कुनै गल्ती गरेको छ भने उसलाई सबैभन्दा मन पर्ने खाना खान नदिनुहोस् । यसले उसको खानाप्रतिको रुचिले पनि उसले अनुशासनमा बस्ने प्रयास गर्छ ।

– कहिलेकाहीँ बच्चाहरुलाई खाना खुवाउने विषय निकै कठिन बन्न पुग्छ । यस्तोमा उनीहरुलाई सबैभन्दा मन पर्ने एउटा खाना तयार पार्नुहोस् र अन्य सबै खाना खाएपछि मात्र उसलाई त्यो खानेकुरा खान दिनुहोस् । यसो गर्दा उनीहरुले मनपर्ने खानाको आशामा अन्य खाना पनि सजिलै खान्छन् ।

– कहिलेकाहीँ बच्चाहरुलाई आफ्नो निगरानीमा उनीहरुले सधैं जिद्दी गर्ने काम गर्न पूर्णरुपमा छूट दिनुहोस् । यसो गर्दा उनीहरुले नराम्रो जिद्दीको विषयमा उनीहरुलाई ज्ञान हुन्छ र उनीहरुले फेरि यस्तो जिद्दी गर्दैनन् ।

– बच्चाहरुलाई कुनै काम लगाउनुपर्‍यो भने उनीहरुसँग उक्त काम सकाउने प्रतिस्पर्धा गर्नुहोस् । त्यसमा उनीहरुलाई जित्न पनि दिनुभयो भने उनीहरु त्यो कामका लागि उत्साहित हुन्छन् र अघिपछि पनि त्यो काम गर्न अघि सर्छन् ।

– बच्चालाई उसले खेल्दै गरेको खेलौनाबाट टाढा राख्ने प्रयास गर्ने हो भने ऊ त्यसै पनि रिसाउँछ र खेलौना छाड्दैन । तर, तपाईं उसलाई खेलौना कति छिटो मिलाएर राख्न सक्छौ हेरौं भनेर यसलाई अर्को तरिकाले भन्नुहोस् । यसको केही समयमा सजिलै उसले आफ्नो खेलौना मिलाएर सधैं राख्ने गरेको स्थानमा राख्छ र त्यसपछि उसको ध्यान अन्यत्र मोड्नुहोस् ।

– बच्चालाई कुनै पनि विषयको अध्ययन गर्न लगाउनुभयो भने उसले नपढ्न पनि सक्छ । तर, तपाईंले उनीहरुलाई अर्को व्यक्तिसँग तुलना गरेर उक्त विषयको पढाइमा ऊ राम्रो रहेको भनेर प्रशंसा गर्नुहोस् । यसबाट प्रेरित भएर उसले उक्त पढाईमा ध्यान दिन थाल्छ ।

– बच्चाहरुलाई कहिलेकाहीँ कुनै काम अह्राउँदा उनीहरु मान्न तयार हुँदैनन् । त्यही कुरालाई तपाईंले मलाई थाहा छैन तिमीले यो काम गर्न सक्दैनौ भनेर चुनौती दिनुभयो भने सोचेभन्दा सजिलै उनीहरुले सो काम गर्छन् ।

– साना बच्चाहरुलाई कहिलेकाहीँ बाहिर हिँड्दा सम्हाल्न निकै कठिन हुन्छ । उनीहरु अभिभावकको हात समाउन मान्दैनन् । यस्तोमा उनीहरुले हात नसमाते आफूलाई अरु कसैले चोरेर लैजान्छ भन्ने जस्तो कुरा गर्नुहोस् । यसले उनीहरु तपाईंको हात समातेर हिँड्न सुरु गर्छन्।

– बच्चालाई कुनै काम गर्न लगाउनुभन्दा पनि पहिला उनीहरुलाई दुई विकल्प दिनुहोस्, जसमा आफूले चाहेको काम तुलनात्मक रुपमा सजिलो छ भन्ने बच्चालाई थाहा होस् । यस्तोमा उनीहरुले एउटा विकल्प छान्दा आफूले चाहेको काम छान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment