+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, प्रत्यारोपित मिर्गौलाले काम गर्न थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २२ गते १६:२८
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

२२ फागुन, काठमाडौं । बुधबार मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको र प्रत्यारोपित मिर्गौलाले काम गर्न थालेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

बिहीबार अस्पतालमा पत्रकारसँग कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक पनि राम्रो रहेको जानकारी दिए । ‘उहाँलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको छ’ अस्पतालको विज्ञप्तिमा भनिएको छ ।

अस्पतालका अनुसार प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति स्थिर रहेको र उनलाई पनि तरल र नरम खानेकुरा दिन थालिएको छ ।

प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको शुभकामना

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, भुटानका प्रधानमन्त्री, जापानका प्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

चीन, जापान र पाकिस्तानका नेपालस्थित राजदूतले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

‘देशभरी प्रधाननमन्त्रीको सफल प्रत्यारोपणका कारण खुशी उत्साह र उमंग छाएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?