+
+
Shares

बेपत्ता परिवारका लागि राज्य इमान्दार भएन : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २२ गते १९:४०

२२ फागुन, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अझै न्याय पाउन नसकेको आरोप लगाएका छन् ।

बिहीबार जनकपुरमा आयोजित पीडित तथा सरोकारवालाहरुसँग प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री राउतले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्ने बताए ।

बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग, ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश २ मा रहेका १ सय ९६ बेपत्ता परिवारको न्यायका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।

‘बेपत्ता परिवारको समस्यालाई अब नबल्झाऔं चाँडो भन्दा चाँडो निर्क्यौलमा पुर्‍यार्औं,’ उनले भने, ‘परिवारका सदस्य गुमाएकाको पीडा कम गर्नको लागि पनि न्याय दिनुको विकल्प छैन ।’

मुख्यमन्त्री राउतले बेपत्ता पारिएका परिवारको समस्या तत्काल समाधान गर्न आयोगलाई आग्रह गरे ।

कार्यक्रममा सहभागी बेपत्ता परिवारका सदस्यहरुले कि सास कि लाश दिनुपर्ने माग राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?