+
+
Shares

उपभोक्ताले रित्तो सिलिन्डर निकालेपछि बढाइयो ग्यासको वितरण

नवीन ढुंगाना नवीन ढुंगाना
२०७६ फागुन २५ गते ११:४७

२३ फागुन, काठमाडौं । खाना पकाउने एलपी ग्यास नपाईने त्रासमा काठमाडौंका उपभोक्ताहरु रित्तो सिलिन्डर निकालेर लाइनमा बस्न थालेका छन् ।

चार वर्षअघि भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीपछि पहिलोपटक उपभोक्ताहरु सिलिन्डर बोकेर लाइनमा बसे पछि देशैभर नै त्रासको अवस्था सिर्जाना हुन पुगेको छ ।

ग्यास पाइँदैन कि भन्ने मनोवैज्ञानिक त्रास छाएको छ । कोरानाका कारण नाकाबन्दीमा जस्तै ग्यासको अभाव हुने डरले आफूसँग रहेको रित्तो सिलिन्डर भर्न लाईनमा बसेको अनामनगर डिपोको लाईनमा भेटिएका होम बहादुर सन्त्यालले बताए ।

मुलकभर ५९ वटा ग्यास उद्योगले उपभोक्तालाई ग्यास बिक्री गर्छ तर शुक्रबार लाईनमा बस्ने उपभोक्ताले नेपाल ग्यास कम्पनीको रित्तो सिलिन्डर बोकेका थिए । नेपाल आयल निगमले भने उपभोक्ताको सबै रित्तो सिलिन्डर साटन पाइने गरी ग्यासको वितरण बढाएको बताएको छ ।

नेपाल ग्यासमै किन लाइन ?

काठमाडौं उपत्याकामा सबैभन्दा धेरै सिलिन्डर र डिपो सञ्जाल भएको ग्यास बिके्रता कम्पनी नेपाल ग्यास प्रालि हो । यो कम्पनीसँग उपत्याका मात्रै साढे ६ लाख वटा सिलिन्डर रहेको कम्पनीका प्रमुख गोकुलप्रसाद भण्डारीको दावी छ । काठमाडौं उपत्याकाभित्र मात्रै कम्पनीको ६ सय वटा ग्यास बिक्रेता डिलर छ । कम्पनीले हरेक दिन दैनिक साढे ८ हजार भरिएको सिलिन्डर ग्यास बजारमा पठाउने गरेको भण्डारीले बताए ।

अन्य ग्यासको तुलनामा सजिलै र नजिकको दूरीमा ग्यास पाईने भएपछि काठमाडौंको धेरै परिवारमा वैकल्पिक ग्यासको रुपमा नेपाल ग्यासको सिलिन्डर रहेको भण्डारीको दाबी छ ।

‘अन्य कम्पनीको सिलिन्डर भएका ग्राहकसंग पनि वैकल्पिकमा नेपाल ग्यासको सिलिन्डर छ,’ उनले थपे ‘अहिले खाली रहेको यही सिलिन्डर भर्न उपभोक्ता लाईनमा बसे ।’

लाइन नबस्स्न आग्रह

नेपाल ग्यासले खालि सिलिन्डर बोकेर लाइन लाग्न नआउन आफ्ना उपभोक्तालाई अनुरोध गरेको छ । कम्पनीले मासिक २६ सय टन ग्यास बिक्री गर्ने गरेको र यसमा कुनै कमी नभएको कम्पनीले स्पष्ट पारेको छ ।

‘हामीले आफ्नो क्षमताअनुसारको आयात र बिक्री नियमित रुपमा गरिरहेका  छौं, खाली सिलिन्डरले आतंक सिर्जना नगरिदिनुस् ग्यास उपलब्ध हुन्छ,’ कम्पनीका प्रमुख भण्डारीले भने ।

भारतबाट ग्यास आयतमा कुनै समस्या नभएको भन्दै उनले अनावश्यक रुपमा ग्यास भण्डारण गरेर जोखिम नबढाउन पनि उपभोक्तालाई आग्रह गरे । नेपाल ग्यासले सबै उपभोक्तालाई नियमित रुपमा ग्यास दिने भन्दै भण्डारीले ग्यास नपाईने त्रास त्याग्न उपभोक्तालाई सुझाए । नाकाबन्दी र अहिलेको अवस्था विल्कुल फरक रहेको भन्दै पुरानो डर त्याग्न पनी उनले आग्रह गरे ।

उपत्यका केन्द्रित वितरण बढ्यो

ग्यास पाईन्न कि भन्ने त्रास उपभोक्तामा देखिएपछि वितरणलाई बढाउन निर्देशन जारी गरिएको नेपाल आयाल निगमले जनाएको छ ।

उपत्यकामा दैनिक ३० हजार सिलिन्डर भरिएको ग्यास वितरण भईरहेकोमा शनिबारदेखि सबै कम्पनीको गरेर ४४ हजार सिलिन्डर पठाउन थालिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

‘बजारमा बेअर्थको त्रास देखियो, यो चिर्नका लागि शनिबारबाट वितरण बढेको छ, बढीमा दुई तीन दिनमा उपत्याकाका कुनै पनि ग्राहकका सिलिन्डर रित्तो रहने छैन्,’ कार्यकारी निर्देशक पौडेलले दाबी गरे ।

निगमकाअनुसार अघिल्लो वर्ष जाडो महिनामा ३५ हजार ५६४ मेट्रिकटन ग्यास खपत भएको थियो । यस वर्ष फेब्रुअरीसम्म ४१ हजार ११५ मेटि्रकटन ग्यास आयात भएको र अहिलेको महिनामा पनि आवश्यकभन्दा ५ हजार मेट्रिकटन बढी ग्यास मगाइएको भन्दै निगमले कुनै अभाव नहुने स्पष्ट पारेको छ ।

गर्मी बढेसँगै ग्यासको खपत पनि घट्ने र आयातमा कुनै संकुचन नरहेकाले इन्धनको जोखिमपूर्ण भण्डारण नगर्न निगमले अपिल गरेको छ ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?