+
+

बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरस संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २८ गते ७:०५

२८ फागुन, काठमाडौं । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् ।

कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् ।

डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् ।

बीबीसीका अनुसार, आवश्यक सल्लाहपछि निजी घरको आइसोलेसनमा रहेको उनले बताएकी छन् । उनले पछिल्लो समय आफूले भेटघाट गरेका मानिसहरुको पहिचान गर्न सुरु गरिएको जानकारी पनि दिएकी छन् ।

६२ वर्षीया मन्त्री डोरिसको करियर नर्सबाट सुरु भएको थियो ।

चीन उद्गम भएर फैलिएको कोरोना बेलायतमा पनि फैलँदो अवस्थामा छ । यहाँ अहिलेसम्म कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ । भर्खंरै मात्र एक ८० वर्षीय वृद्धको मृत्यु भएको थियो । ३ सय ८२ जनामा कोरोनाको लक्षण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?