Comments Add Comment

बालबालिकालाई विद्यालय नै बेकामको बन्न सक्छ ?

धेरैजसो बालबालिकाहरु पहिलो दिन विद्यालय जाँदा धेरै स्मार्ट, उत्सुक, जिज्ञासु, नजानेको कुरामा धेरै डर नभएको, कुनै नयाँ कुरा पत्ता लगाउन सक्षम, आत्मविश्वासी हुन्छन् । त्यस्तो उत्साह सधैभरी भने कायम रहँदैन । समयसँगै उनीहरुमा बिस्तारै जोश र जाँगर सेलाउँदै जान्छ ।

यसअघि उसलाई कसैले पनि विद्यालयमा दिइने जस्तो शिक्षा भने दिएका हुँदैनन् । तर, उसको अगाडि रहेका मानिसहरुको माध्यमबाट उसले भाषा सिकिसकेको हुन्छ । उसलाई भाषा के हो भन्ने कुरा थाहा नहुँदै उसले भाषाले कसरी काम गर्छ भन्ने कुरा सिकेर यसलाई प्रयोग पनि गर्न थालिसकेको हुन्छ ।

यसरी भाषा सिक्ने क्रममा उसले त्यससँग सम्बन्धी अन्य कुरा पनि सिकिरहेको हुन्छ । तर, जब बालबालिकालाई विद्यालय पठाइन्छ यी कुराहरु उनीहरुलाई विद्यालयमा केवल सिकाइन्छ । अझ केही कुरा उनीहरुलाई सिकाउन पनि निकै कठिन हुन्छ ।

विद्यालय आएपछि सबैभन्दा पहिला सिकाइने कुरा हो कि सिक्ने कुरा जीवनयापनभन्दा फरक हो । किनकी उनीहरुलाई उनीहरुलाई सिकाइने पहिलो कुरा हो ‘तिमी सिक्नको लागि विद्यालय आउँछौं ।’ त्यसो भए के बालबालिकाले विद्यालय आउनुभन्दा पहिला केही सिकेको हुँदैन ?

दोस्रो कुरा उनीहरुमा पढाईप्रति विश्वस्त हुन सक्दैनन् । विद्यालयमा पढाई गर्नु भनेको उनीहरुले यसअघि नै गरिसकेको कामभन्दा सजिलो कुरा हो भनेर सिकाइन्छ । यदि तिमीले पढेनौं भने तिमी यस्तो बन्न सक्दैनौं लगायतका कुरा विद्यार्थीलाई सिकाइन्छ ।

यसबाट उनीहरुलाई केही समयमा नै पढाई अरु कसैले जबर्जस्ती लगाएको काम भने हिसाबले बुझ्न थाल्छन् । यसले उनीहरुलाई यो आफ्नै लागि हो भन्ने भावना आउँदैन। विद्यालयमा अन्य धेरै यस्ता कुराहरु हुन्छन्, जसले बालबालिकालाई तिमीले सिकेको कुरा केही महत्वको होइन भन्ने सिकाउँछ ।

उनीहरुलाई जस्तो निर्देशन दिइन्छ त्यसरी नै चल्न सिकाइन्छ । उनीहरुको सोचलाई अरुले खासै महत्व दिँदैनन् । त्यसपछि बिस्तारै उनीहरुले प्रश्न सोध्न छाड्छन् । त्यसपछि उनीहरुमा आफैंप्रति लाज लाग्न थाल्छ । त्यसपछि उनीहरुले आफू को हो भन्ने कुरा पनि पत्ता लगाउन सक्दैनन् ।

बालबालिकाले विद्यालयमा गल्ती, अन्योल र द्विविधा भन्ने कुरा अपराध हो भन्ने बुझ्छ । विद्यालयले सही उत्तरको अपेक्षा गर्छ, त्यसैले सही उत्तर दिन विद्यार्थीहरु शिक्षकभन्दा पनि अघि बढेर विभिन्न उपाय लगाउँछन् । विद्यालय जानुपूर्व बालबालिकाले धेरै काम पनि गरिरहेका हुन्छन् । उनीहरु सकेसम्म खाली बस्दैनन् । तर, विद्यालय जान थालेपछि भने उनीहरु अल्छि बन्न थाल्छन् ।

विद्यालयमा अरु कसैले आफूलाई हेरिरहेको छ भने कस्तो व्यवहार गर्ने र नहेरेको अवस्थामा के गर्ने भन्ने कुरा बालबालिकाले सिक्छन् । उनीहरुले विद्यालय गएपछि दिक्कलाग्दो जीवन कसरी बाँच्ने भन्ने बुझ्छन् । विद्यालयमा पहिलो दिन आउँदा उनीहरु अन्य बालबालिकाको विषयमा थाहा पाउन धेरै इच्छुक हुन्छन् । उनीहरुलाई एकअर्कासँग धेरै खुलेर बोल्न र हाँस्न पनि दिइँदैन ।

वास्तवमा बालबालिकालाई आफ्नो अगाडि के भइरहेको छ भन्ने कुरालाई वेवास्ता गर्न सिकाइन्छ । विद्यालयमा रहँदा धेरै विद्यार्थीलाई पढाइ अल्छीलाग्दो नै लाग्छ । साथै उनीहरुलाई विद्यालय सधैं नराम्रो र अमानवीय लाग्छ । उनीहरुले सकेसम्म विद्यालयमा बस्न पनि मन लाग्दैन ।

विद्यालयमा अझ अनिवार्य विद्यालयमा हाजिर हुनुपर्ने नियम छ । यो नियम निकै राम्रो सोचको साथमा ल्याइएको हो । तर, अहिले यो व्यवस्था विद्यालय, शिक्षक र विद्यार्थी कसैलाई पनि सहयोग पुर्‍याएको छैन । किनकी विद्यालयमा विद्यार्थीले आफूलाई कैदीको जस्तो महसुस गरिरहेको हुन्छ, शिक्षकलाई कसरी सम्हाल्ने भन्ने हैरानी हुन्छ भने विद्यार्थीहरुले गर्ने व्यवहारको चिन्ता विद्यालयको प्रमुखलाई हुन्छ ।

हामीले आफ्ना बालबालिकाहरुलाई खुला आकाशमा निस्किने मौका दिनुपर्छ । साथै उनीहरुलाई विश्वको विषयमा बुझ्ने मौका पनि प्रदान गर्नुपर्छ । यो पछिल्लो समय विकास भएको सोच हो । बालबालिकाले आफूसँग निकट रहने बाहेक अन्य वयस्क मानिससँग पनि त्यधि घुलमिल हुने मौका पाएका हुँदैनन् ।

कुनै पनि बच्चालाई प्रत्येकपटक उसले भनेको कुरा सच्याइदिनेहो भने उसले केही पनि सिक्न सक्दैन । त्यसपछि उनीहरुले केही बोल्नुभन्दा पनि नबोल्नु उचित हो भन्ने सोच्छन् । त्यसैले उनीहरु मौन बस्छन् ।

बालबालिकाले वयस्क शिक्षक विना नै हिँड्न, दौडिन, रुख चढ्न, सिठी फुक्न, साइकल चलाउन, खेल खेल्न र उफ्रिन सिक्छन् । तर, जब उनीहरु विद्यालय जान्छन्, उनीहरुलाई आफ्नो गल्ती महसुस गर्ने मौका दिइँदैन । उनीहरुलाई हरेक समयमा सच्याइन्छ । यसले उनीहरुलाई बिस्तारै कसैमा निर्भर रहने बानीको विकास गर्छ ।

त्यसैले सबैभन्दा पहिला कुनै पनि विषयमा आफैं बुझ्ने मौका दिनुपर्छ र त्यसको समाधान पनि आफैं खोज्न दिनुपर्छ । उनीहरुले सही उत्तर पाउन सकेनन् भने मात्र वयस्क मानिसले उनीहरुको सहयोग गरिदिनुपर्छ ।

उनीहरुलाई परीक्षा, नम्बर, ग्रेडजस्ता कुरा भन्दा पनि पढाइमा ध्यान पुगोस् भन्ने हिसाबमा सोच्नुपर्छ । वास्तवमा हाम्रो समयको सबैभन्दा महत्वपूर्ण प्रश्न र समस्या बालबालिकाको पाठ्यक्रममा हुँदैन । त्यसैले उनीहरुलाई संसारको बारेमा बुझ्ने र त्यसलाई महसुस गर्ने वातावरण सृजना गरिदिनुपर्छ ।

विद्यालयमा बच्चाहरुलाई के चाहन्छौ भन्नेजस्ता प्रश्नहरु पनि गर्नुपर्छ र त्यसैअनुसार उनीहरुको प्रश्नको समाधान पनि उनीहरुले बुझ्ने गरी दिनुपर्छ । यसले उनीहरुमा ऊर्जा र पढाइको सार्थकता ल्याउने काम गर्छ ।

द नेचुरल चाइल्ड प्रोजेक्टमा प्रकाशित जोन होल्टको आलेखमा आधारित

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment