+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्लास्टिकका बोत्तलमा पानी पिउन छोडौं : सांसद पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते १८:३०

२९ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य विमला राई पौडेलले प्लास्टिकका बोत्तलमा पानी पिउन छोड्नु पर्ने बताएकी छन् ।

संसद र संसदीय समितिको बैठक एक दिनमा तीनवटा मात्रै बसेको खण्डमा एक जना सांसदले दुई बोत्तल पानी पिउँदा एक महिनामा ८ हजार १६ वटा पानीका बोत्तल प्रयोग हुने हिसाब सुनाउँदै उनले भनिन्, ‘सकिन्छ भने सिंहदरबारलाई प्लास्टिकका बोत्तलमा पानी पिउने मुक्त क्षेत्र घोषणा गरौं ।’

बिहीबार राष्ट्रिय सभामा बोल्दै सांसद पौडेलले वातावरण र मानव स्वास्थ्यका दृष्टिले पलास्टिकका बोत्तलमा पानी पिउनु उपयुक्त नहुने भन्दै यस्तो प्रस्ताव गरेकी हुन ।

पानी पिएर फ्याँकेको बोत्तल जलाउँदा वा आफैं कुहिँदा निस्कने ग्याँसले क्यान्सर हुन सक्ने भन्दै उनले सिंहदरबारलाई प्लास्टिकका बोत्तलमा पानी पिउने मुक्त क्षेत्र घोषणा गर्न नसके पनि सांसदहरु आफैं सचेत भएर प्लास्टिकका बोत्तलमा पानी पिउन छाड्नुपर्ने बताइन ।

प्लास्टिकका बोत्तलको विकल्पमा सिसाको कप वा गिलास प्रयोग गर्न सकिने र यसैलाई प्रोत्साहन गर्नुपर्ने पनि उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?