Comments Add Comment

कोरोनाको कारण इंग्ल्याण्ड र श्रीलंकाबीचको टेष्ट क्रिकेट स्थगित

काठमाडौं । कोरोनाभाइरसको कारण इंग्ल्याण्डले श्रीलंकाविरुद्धको टेष्ट सिरीज स्थगित गरेको छ । विश्वभर पैलिरहेको कोरोनाको त्रासका कारण इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले शुक्रबार श्रीलंका क्रिकेटसंग छलफल गरेर टेष्ट स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।

टेष्ट स्थगित गर्दै इसीबीले आफ्नो खेलाडीलाई तत्काल इंग्ल्याण्डमा फिर्ता बोलाइने भएको छ । विश्व स्वास्थ संगठनले कोरोनालाई महामारी घोषणा गरेपछि अहिलेको अवस्थामा खेलाडी तथा स्टाफको शारीरिक र मानिसक सुरक्षा मुख्य विषय रहेको ईसीबीले जनाएको छ ।

श्रीलंकाको गाल्लेमा मार्च १८ देखि टेष्ट सुरु हुने तय थियो ।

शुक्रबारै बीसीसीआईले विश्वकै चर्चित क्रिकेट प्रतियोगिता आईपीएल १६ दिन पछि सार्ने निर्णय गरेको थियो । यस्तै आईसीसीले क्रिकेट विश्वकप लिग २ अन्तर्गत अप्रिलमा अमेरिकामा हुने ट्राई सिरिज पनि शुक्रबारै स्थगित गरिसकेको छ ।

नेपालमा हुने भनिएको एभरेष्ट प्रिमियर लिग टि-२० क्रिकेट पनि अनिश्चितकालका लागि स्थगित भइसकेको छ ।

कोरोनाको त्रासका कारण अहिले विश्व खेलकुद नै प्रभावित बनेको छ । विश्व चर्चित फुटबल लिगहरु प्रिमियर लिग ला लिगा सिरी ए ल ग वानदेखि युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगहरु पनि स्थगित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment