+
+

सलमानको फिल्ममा पूजाले लिइन् महंगो पारिश्रमिक

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ५ गते ११:५४

नायक सलमान खानको चलचित्रमा विशेषगरि सोनाक्षी सिन्हा र कट्रिना कैफ नायिकाको रुपमा देखिन्छन् । तर, अब सलमान भने नयाँ नायिकासँग काम गर्ने तयारीमा लागेका छन् । उनले चलचित्र ‘राधे’मा नायिका दिशा पटानीसँग काम गरिरहेका छन् ।

उनै, सलमानले अब नयाँ चलचित्र ‘कभी इद कभी दिवाली’मा काम गर्दैछन् । यो चलचित्रलाई साजिद नाडियाडवालाले निर्माण गर्न लागेका हुन् ।

यो चलचित्रका लागि नायिका पूजा हेड्गेलाई फाइनल गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । पूजाले पछिल्लो समय दुई चलचित्र हिट दिएकी छिन् । ‘हाउसफूल ४’ र एक तेलुगु चलचित्र उनले हिट दिएकी छिन् । भारतीय मिडियाका अनुसार, सलमानको नयाँ चलचित्रका लागि पूजालाई निर्माताले ‘हाउसफूल ४’को भन्दा ४ गुणा बढी पारिश्रमिक पाएकी लिएकी छिन् । निर्माता नाडियाडवालाले पूजाको लोकप्रियतालाई हेरेर महंगो पारिश्रमिक दिएको बताइएको छ ।

बलिउडमा नायकहरुले हिट चलचित्र दिएसँगै पारिश्रमिक बढाउने गरेका छन् । अब, यो शैली नायिकामा पनि लागू भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?