Comments Add Comment

बच्चालाई घरभित्रै सिर्जनशील काममा कसरी भुलाउने ?

कोरोनाको त्रासका कारण सरकारले अत्यावश्यक बाहेक अरुलाई बाहिर ननिस्कन आग्रह गरेको छ । बच्चाहरुको परीक्षा सम्पन्न भएसँगै बच्चाहरु यतिबेला फुर्सदिला बन्दैछन् । उनीहरुलाई समय बिताउनको लागि कहाँ लैजाने भन्नेमा अभिभावकहरुमा चिन्ता छ । यस्तो अवस्थामा बच्चाहरुलाई घरमा नै भुलाउन सकिने पनि धेरै उपायहरु हुन्छन् । जसले बच्चाहरु आफैंमा सिर्जनशील बनाउन समेत मद्दत गर्छ ।

समय समयमा घरमा बस्दा दिक्क लाग्दो अवस्थाबाट बच्नको लागि समेत हामीले द्रूत र सजिलो हस्तशिल्पहरूको प्रयोग गर्न सक्छौं । कतिपय आमाबाबुहरुमा त्यस्तो विशेष रचनात्मक प्रतिभाहरु हुँदैन । त्यस्तो अवस्थामा बच्चाहरुलाई आफ्नो घरमा नै विभिन्न किसिमका शिल्पहरु बनाउन सिकाउन सकिन्छ।

बच्चाहरूलाई आफूभित्रको रचनात्मक सीपहरू बुझ्नको लागि उनीहरूमाथि अभिभावकको समर्थन आवश्यक हुन्छ । त्यसैले बच्चाहरुलाई त्यस्तो सिर्जनशील काममा लगाउन अभिभावकहरुले नै अग्रसरता देखाउनु आवश्यक देखिन्छ ।

त्यस्तो परिस्थितिमा अभिभावकहरूमाथि केही बहुमुखी र परिष्कृत विचारहरू आउँन सक्छन् । कसरी बच्चाहरूको लागि सजिलो शिल्प बनाउने ? वा बच्चाहरुलाई अचम्मको शिल्प बनाउने कला कसरी सिकाउने ?

घरमा शिल्प बिस्तार गर्ने केही सजिला तरिकाहरु रहेका छन् ।

राम्रो र सरल रुपमा फूलहरु बनाउने कला

प्राप्त सामग्रीहरुलाई मिलाएर बच्चाद्वारा साना साना फूलहरु बनाउनु पनि हस्तकलाको एउटा उत्कृष्ठ नमुना हो । कमभन्दा कम लागत सामग्रीहरु प्रयोग गरेर बच्चालाई घरमा नै यस्ता सामग्रीहरु बनाउने नयाँ र सजिलो शिल्पको बारेमा सोच्नु उपयोगी हुनसक्छ । जसले बच्चाहरुको फुर्सदिलो समयको व्यवस्थापनसँगै उनीहरुको सिर्जना शक्तिलाई समेत नियन्त्रण गर्छ ।

आवश्यक सामग्री

बाक्लो मखमलको कपडा

कार्ड बोर्डको सानो वर्गाकार टुक्रा

गम

कैंची

सियो र धागो ।

पहिले मखमलको कपडालाई खण्डखण्डमा विभाजित गरेर काट्नुपर्छ । त्यसपछि मनपरेको तीनवटा रंगका फूल र दुईवटा हरियो पातहरू तयार पार्नुपर्छ । यसको लागि कूल ४ वटा रंगहरुको आवश्यकता पर्दछ । त्यो ४ वटा रंगको मखमललाई पहिले तयारी अवस्थामा राख्ने । त्यसमध्ये हरियो रंगको पत्तालाई एउटा पातको आकारमा काट्ने गर्नुपर्छ ।

हरियो रंगको कपडाको चारवटै छेउमा स्टिच लगाउने गरिन्छ । सियो र हरियो धागो प्रयोग गरेर कपडालाई सिलाउनु पनि राम्रो हुन्छ । यसरी हरियो पत्तालाई फूलको पातको रुपमा प्रयोग गरेर बाँकी रंगहरुलाई फूलको रुपमा बनाउनु पर्छ ।

कागजको चरा बनाउने कला

यहाँ कागजको चराहरु बनाउनु पनि एउटा सिर्जनशील काम हो । यो आफैंमा एउटा हास्यास्पद देखिने परियोजना पनि हो । जुन निकै आकर्षक देखिने गर्छ । यो घर बनाउनको लागि एउटा सजिलो शिल्प पनि हो । यसरी बनाइएको चरालाई हामीले कोठा सजाउनका लागि वा भित्तामा झुण्ड्याएर सजाउन समेत सकिन्छ ।

या त आफ्ना साथीहरुलाई खुशीसाथ यो उपहारको रुपमा दिन समेत सकिन्छ । जुन आफ्नै नयाँ खालको अन्वेषणको रुपमा उपहार दिन सकिन्छ । यस प्रकारका शिल्पहरू बच्चा र साना स्कुले बच्चाहरूलाई पनि बनाउन सिकाउनु उपयोगी हुनेगर्छ । त्यसबाहेक यो काम युवाहरुलाई पनि उपयोगी बन्नसक्छ ।

आवश्यक सामग्रीहरु

कालो स्केच पेन

कैंची

ग्लू स्टिक

चरा बनाउनको लागि प्रत्येक कागजको दुईवटा रंगीन चार्टहरू आवश्यक पर्छ । जसलाई पहिले गोलाकार रुपमा दुई फरक आकारमा काट्ने गरिन्छ । चित्रमा देखाइए अनुसार तिनीहरू त्यसैगरी पट्याउने गरिन्छ। त्यसपछि त्यसको एकातर्फ चुच्चो र अर्काेतर्फ पुच्छरको रुपमा छुट्टाएर सोही आकारमा काटिन्छ । जुन गोलाकार कागजातहरूको पछाडि केही विवरणहरू थप्नका लागि, कालो स्केचको रुपमा प्रयोग गर्ने गरिन्छ।

यो शिल्प विशेषगरी अहिले फुर्सदिलो बनेका बच्चाहरुको लागि उपयोगी हुने गर्छ । यो निश्चित रुपमा धेरैलाई चाखलाग्दो पनि लाग्न सक्छ । त्यसैले यसबारेमा बच्चालाई एक पटक सिकाउन सकियो भने यसले यसमा बच्चाहरु त्यसपछि आफैं चासो दिनसक्छन् । त्यसैले बच्चाहरुलाई भुलाउनको लागि यो पनि एउटा गतिलो उपाय बन्न सक्छ ।

उपहारको लागि हस्तशिल्पको प्रयोग

यदि कसैलाई दिने उपहारलाई अद्वितीय बनाउन चाहनुहुन्छ भने पनि यसलाई कलात्मक उपहार बक्सको बाहिर वा त्यसैमा समेटेर दिन सकिन्छ । जुन हातबाट निर्माण गरिन्छ । यस प्रकारको हस्तशिल्पहरू उपहारको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

कहिलेकाहीँ हामीले महसुस गर्छाैं कि हाम्रा प्रियजनहरूलाई दिइने उपहार यति विशेष होस् । उनीहरूलाई विशेष उपहार बाकसहरू झनै विशेष सामानको साथमा दिनको लागि इच्छा हुनेहरुको लागि पनि यो उपयोगी बन्न सक्छ ।

त्यस्तो परिस्थितिमा हामी त्यस्ता शिल्पहरूको प्रयोग गर्न सक्दछौं । जसले उपहार बक्सको उत्कृष्ट श्रेणी सिर्जना गर्न सकोस् । यस सजावट शिल्पलाई घरमा नै बनाउनको लागि एकदमै सहज र कम सामग्रीहरु भए हुन्छ ।

आवश्यक सामग्रीहरु

१० वटा रंगहरुको चार्ट पेपर

गम

कैंची

दुईवटा आँखा बनाउने कालो कालो स्केच पेपर

कागजको तीनवटा आयताकार टुक्रा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment