Comments Add Comment

छातीको दुखाई हृदयघातको संकेत मात्र होइन

छाती दुख्नु भनेको मुटुसँग सम्बन्धित रोगहरु बाहेक अन्य विभिन्न महत्वपूर्ण कारणहरु पनि हुन्छ भन्ने कुरा थाहा छैन । त्यस्ता कुराहरुमा उनीहरु ध्यान दिँदैनन् र समस्या झन् गम्भिर हुँदै जान्छ ।

हाम्रो समाजमा हृदयघातको यति धेरै त्रास रहेको छ । मानिसहरुलाई अलिकति मात्र छाति दुख्यो, पोल्यो अथवा अन्य कुनै समस्या देखियो भने तुरुन्त डाक्टरकहाँ गैहाल्छन् । उनीहरु तुरुन्त ईसीजी र रगतको विभिन्न जाँचहरु गराउन थाल्छन् । तर नतिजा केही पनि निस्कँदैन । त्यतिले मात्र सन्तोष भएन भने नजिकैको नर्सिंङ होम अथवा अस्पतालमा गएर भर्ना हुन्छन् र त्यहाँ तीन चार दिन बेडमा भर्ना भएपछि मात्र उनीहरुको मनमा सन्तोष हुन्छ ।

तपाईंको उपचार गर्ने डाक्टरले तपाईंलाई त्यस्तो केही भएको छैन भन्ने कुरामा ढुक्क भएता पनि तपाईंलाई असन्तोष भैरहेको हुन्छ । प्रायः मानिसहरुको बानी कस्तो हुन्छ भने जब दिनहुँ बिहान ईसीजी र रगतका विभिन्न जाँचहरु हुन्छ र केही रकम खर्च हुन्छ, तबमात्र आफुलाई वास्तवमा नै केही भएको छैन भन्ने कुरामा सन्तुष्टि प्राप्त गर्छन् । तर, जब त्यसपछि एक पटक औषधि सेवन गर्ने क्रम शुरु हुन्छ, त्यो लगातार चलिरहन्छ ।

यस प्रकारका घटनाहरु हाम्रो वरिपरि प्रायः भैरहेका हुन्छन् । यसका कारण हरेक छातीको दुख्ने समस्या भएका मानिसहरु आफुलाई जानी-नजानी नै आफुलाई मुटुको रोगी सम्झन थाल्छन् । जसको असर उनीहरुको दिनचर्यामा पर्न थाल्छ । उनीहरुको व्यवहारमा दिनदिनै परिवर्तन आउन थाल्छन् । उनीहरुले आफुलाई केही दिनको पाहुना भएको सम्झन थाल्छन् र आफ्नो मृत्यु अचानक केही दिनमा नै भैहाल्छ जस्तो व्यवहार गर्छन् । कोहि-कोहिले त सम्पती कसको नाममा राख्ने जस्ता कुराहरु समेत गम्भिरतापूर्वक सोच्न थाल्छन् ।

किन हृदयघातको यस्तो त्रास ?

यसका लागि धेरै हदसम्म सञ्चार माध्यमहरु, विशेष गरेर टेलिभिजन च्यानलहरु जिम्मेवार छन् । जसमा हृदयघात सम्बन्धि धेरै किसिमका कुराहरु देखाइन्छ । यदि तपाईंले फलानो तेलको प्रयोग गर्नु भएन भने हृदयघात हुने सम्भावना धेरै हुन्छ । आफ्नो बीमा गर्नुहोस्, यदि तपाईंलाई हृदयघात भयो भने तपाईंको परिवार अनाथ हुन्छ आदि जस्ता विज्ञापनहरुका कारण मानिस यसप्रति गम्भिर भएर सोच्न वाध्य हुन्छ ।

अर्को एउटा कारण के पनि छ भने हरेक फिजिसियन डाक्टरले आफुलाई हार्ट स्पेशलिस्ट लेख्छन् । प्रायः ठाउँमा ध्यान दिएर हेर्नुभयो भने तपाईंले फिजिसियन एवं हर्ट स्पेशलिस्टको बोर्ड देख्नु हुन्छ । यसरी हरेक फिजिसियन हार्ट स्पेशलिस्ट भएपछि मुटु सम्बन्धि समस्या हुने बिरामीहरु पनि त्यहि संख्यामा उत्पन्न हुने नै भए ।

हृदयघातको शंका कहिले गर्ने ?

यदि तपाईंको उमेर ४० वर्ष अथवा त्यो भन्दा पनि धेरै छ र तपाईं मध्मेह -डाइबिटीज) को शिकार हुनु हुन्छ । तपाईंको धुम्रपान अथवा सुर्तिजन्य पदार्थ सेवन गर्ने बानी छ । छिट्टो हिंड्दा अथवा भर्‍याङ चढ्दा छातीको बायाँतर्फ दुख्छ अथवा हल्का भारीपनाको महसुस हुन्छ, एकछिन शारीरिक व्यायाम गर्दा पनि स्वाँ-स्वाँ हुन्छ भने मुटु सम्बन्धि रोग लागेको हुन सक्ने सम्भावना हुन सक्छ ।

विशेष कुरा के हो भने यदि आराम गर्दा अथवा हिंडेर रोकिएको समयमा छातीको हल्का दुखाई र भारीपना गायब भयो भने मुटु सम्बन्धि रोग लागेको हुन सक्छ । त्यस्तै मुटु दुख्दा बायाँ हात, बायाँ गर्दन र बायाँ गालासम्म दुखाई महसुस हुन्छ ।

छाति दुख्ने समस्याबाट मुक्ति पाउनका लागि एउटै उपाय छ ।  त्यो हो पहिला आफ्नो टीएमटीको जाँच गर्नु पर्छ । यदि परिणाम शंकास्पद भयो भने स्ट्रेस इको (डोब्यूटामप्न एन्ड्यूस्ड स्ट्रेस अर्थात डीआईएसई) गरेर मुटुको बिरामी भएको सन्देह निराकरण गर्नु पर्छ । पूर्णतया निश्चित हुनका लागि सबैभन्दा उत्तम जाँच मल्टि स्लाइस सिटी कोरोनरी एन्जियोग्राफी गराउनु पर्छ । एन्जियोग्राफीका लागि अस्पतालमा भर्ना हुनु पर्दैन, साथै फिलाबाट तार हाल्नु पनि आवश्यक हुँदैन ।

हृदयघातको सम्भावना

यदि तपाईंको उमेर ४० वर्षभन्दा कम छ, वजन पनि सीमा अनुसार नै छ र तपाईं डाइबिटिज र ब्लडप्रेशरको शिकार हुनु हुन्न, त्यसका साथै धुम्रपान, अल्कोहल, सुर्तीजन्य पदार्थ सेवन पनि गर्नु हुन्न भने तपाईंलाई छातीको दुखेर हुने मुटु सम्बन्धि रोगहरु हुने सम्भावना कम हुन्छ । यदि तपाईंलाई छाती दुख्ने, विशेष गरेर दायाँतिर र सामान्य सास फेर्दा अथवा खोक्दा, हाछ्यूँ गर्दा छाती दुख्छ भने मुटु सम्बन्धि रोग हुने सम्भावना एक सयमा ५ प्रतिशत हुन्छ । यदि तपाईंलाई गरिष्ठ, पिरो र मसलादार खाना खाएपछि छाती दुख्छ भने मुटु सम्बन्धि रोगको सम्भावना कम हुन्छ । तब हामीले मुटु बाहेक अन्य रोगहरु सम्बन्धि जाँच गराउने बारेमा सोच्नु पर्छ ।

मुटु बाहेक अन्य कारण

छाती दुख्ने सबैभन्दा ठुलो कारण छातीको वरपरको छेउ सुन्निनु हो । जब फोक्सोको माथिल्लो सतहमा रहेको झिल्ली सुन्निएको हुन्छ, तब छातीको भित्रि सुन्निएको सतह सास फेर्दा रगडिन्छ । जसका कारण असह्य पीडा हुन्छ । त्यस्तो अवस्थालाई मेडिकल भाषामा प्ल्यूराइटिस भनिन्छ । यो प्ल्यूराइटिस छातीमा पानी जम्ने शुरुवाती संकेत हो ।

प्ल्यूराइटिसको हुनुको प्रायः कारण क्षयरोगको इन्फेक्सन हुनु हो । मानिस छाती दुख्दा दुखाई कम गर्नका लागि पीडा निवारक चक्किहरु सेवन गर्छन् र सही जाँच र उपचारको अभावमा समस्यालाई झन गम्भिर बनाउँछन् । यदि प्ल्यूराइटिसको समस्यालाई सही समयमा नियन्त्रित गरिएन भने छातीमा फोक्सोको वरपर पानी भरिन्छ । क्षयरोग बाहेक निमोनियाको इन्फेक्सनले पनि त्यस्तो अवस्थालाई उत्पन्न गर्न सक्छ । यस प्रकारको समस्यामा कुनै थोरेसिक सर्जन अर्थात चेस्ट सर्जनको परामर्श लिनु पर्छ ।

पीप जम्नाले पनि छाती दुख्छ

हाम्रो देशमा छातीमा पीप जम्नु सामान्य कुरा हो । निमोनिया अथवा अन्य फोक्सोको इन्फेक्सन जब पूर्ण तरिकाले नियन्त्रित हुन सक्दैन, तब फोक्सोको चारैतिर विशेषतः तल्लो भागमा इन्फेक्सनको रुपमा पिप र पानी जम्मा हुन्छ । त्यसप्रकारको पीपको मात्रा कम त हुन्छ तर महिनाभरी सेवन गरिएको एन्टिबायोटिकको असर रहिरहन्छ । छातीमा पिप जम्नु छाती दुख्नुको मुख्य कारण हो । त्यसबाट छुटकारा पाउनका लागि कुनै थोरेसिक सर्जनसंग अपरेशन गरेर छातीमा जमेको पीप निकालेपछि मात्र त्यस समस्याबाट छुटकारा प्राप्त हुन्छ ।

करङ कमजोर हुनु

हिजो-आज प्रायः नव युवक-युवतीहरुमा छाती दुख्ने समस्या धेरै देखिन्छ । विशेष गरेर खोक्दा र हाछ्यूँ गर्दा छाती धेरै दुख्छ । यदि कंरङमा झट्का लाग्यो भने मरेतुल्य भएर दुख्छ । त्यस्ता व्यक्तिहरु, जसले दुधको सेवन नियमित गर्दैनन् अथवा गर्दै गर्दैनन, त्यस्ता व्यक्तिहरु यो रोगको शिकार हुन्छन् ।

हिजोआज रगतमा भिटामिन डीको मात्रामा कमी भएका कारण करंङको रोग अथवा छाती दुख्ने समस्या हुन्छ । यदि तपाइर्ंले प्रोटीनयुक्त सन्तुलित भोजन र भिटामिनहरुले भरिपूर्ण सलाद, फलफुल  र आधा लिटर दुधको सेवन प्रतिदिन गर्नु भयो भने करंङसंग सम्बन्धित समस्याहरुबाट बच्न सक्नु हुन्छ ।

कोहि मानिसहरुलाई चिसो खाद्य पदार्थहरु जस्तै कढी, रायता, आइसक्रीम र दहीवाढाको सेवन गर्दा छाती दुख्छ । त्यसो हुनुको कारण छातीका मांसपेशीहरु चिसो कुराप्रति अत्यधिक संवेदनशील भएर हो । त्यस्ता मानिसहरुले चिसा कुराहरुको सेवन नियमित रुपमा गर्नु हुँदैन । त्यस्ता मानिसहरुले प्रायः तातो खानेकुराहरु सेवन गर्नु पर्छ ।

खाना निल्ने नली सुन्निनु

हामी प्रायः तारेको खानेकुराहरु जस्तै पकौडा, समोसा, दालमोठ र ती कुराहरुसंगै अचार धेरै खान्छौं । त्यस्ता खानेकुराहरुले आन्द्रामा सुजन र अल्सरका समस्या हुन्छ ।

छातीभित्र रहेका खानाका नली (ईसाफेगस) सुन्निएपछि मुटु सम्बन्धि समस्याहरु हुने अथवा हृदयघात हुने सम्भावना हुन्छ । त्यस प्रकारका समस्या भएका मानिसहरुले केही खाएपछि छातीको बीचमा भारीपन, दबाव र पीडा महसुस हुन्छ । अत्यधिक मदिराको सेवनल पनि आन्द्रा सुन्निन्छ । त्यस प्रकारका कुराहरुलाई सामान्य भाषामा ग्यासको संज्ञा दिइन्छ । कहिलेकाहिं छातीभित्र भएको खानाको नलीको क्यान्सर पनि छाती दुखाइको कारण हुन्छ ।

समझदारीको कुरा

यी सबै कुराहरु बुझेपछि छाती दुखाईलाई हृदयघात सम्झने गल्ति गर्नु हुँदैन । यदि शंका हटाउनु पर्‍यो भने सल्लाह दिए अनुसारको जाँच गर्नु पर्छ । अन्यथा अञ्जानमा सम्भावित हृदयघातको डरका कारणले तपाईंको कार्यक्षमता र आत्मविश्वासमा नराम्रो असर पर्छ । त्यसैले यदि हृदयघातको शंका लाग्यो भने यस सम्बन्धित जाँचहरु गरेर निश्चित हुनु पर्छ । यसको साथै कुनै विशेषज्ञ चिकित्सकसंग परामर्श लिएर छाती दुखाईको कारणहरुको निदान खोल्ने कोशिश गर्नु पर्छ । त्यसो गरेपछि मात्र तपाईं मानसिक र शारीरिक रुपले स्वस्थ रहन सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment