Comments Add Comment

सबैजसो ठूला विकासे आयोजनामा देखिन थाल्यो कोरोनाको प्रभाव

६ चैत, काठमाडौं । बुटवल–अत्तरिया ४ सय केभी प्रसारणलाइन  अध्ययनको लागि इटालियन कम्पनीले जिम्मा पाएको छ । तर, इटाली ‘लक डाउन’ भएपछि त्यहाँबाट कम्पनीका प्रतिनिधि नेपाल आउन पाएका छैनन् । यसले गर्दा आयोजनाको अध्ययनको काम पुरै नरोकिए पनि प्रभावित भएको छ ।

आयोजनाका प्रमुख अभिशेष अधिकारीका अनुसार अहिले इटालियन परमर्शदाता कम्पनीसँग स्काइपमा भिडियो वार्ता गर्दै कामहरु भइरहेका छन् । कागजमै हुनुपर्ने कामहरु इमेलमार्फत आदान–प्रदान गरिँदैछ ।

‘अब चिनियाँ मात्रै हैन, अरु देशका ठेकेदार र परमार्शदाताले जिम्मा लिएका परियोजनामा समस्या हुने देखियो,’ अधिकारी भन्छन्,‘ काम नरोकियोस् भनेर अनेकन प्रयत्न गरिएको छ, तर जसरी काम हुनुपर्ने हो, त्यसमा असर परिरहेको छ । ’

कोरोना भाइरसको संक्रमणले हालसम्म नेपालमा चिनियाँ ठेकेदार कम्पनीहरुले काम गरिरहेका आयोजनाहरु मात्रै प्रभावित थिए । अब भने भारतीय अन्य देशका कम्पनीले जिम्मा लिएका आयोजनाहरु पनि प्रभावित बन्न थालेका छन् । विदेशी परामर्शदाताले नियुक्त भएका केही महत्वपूर्ण आयोजनाहरु पनि अब कोरोनाबाट प्रभावित बन्ने अवस्थामा आएको छ ।

अझ सरकारले २५ जनाभन्दा बढी भेला नहुने गरेको निर्देशनले आयोजनामा काम गर्नेहरुलाई सशंकित पनि बनाएको छ । अहिले पनि आयोजनामा कामदारहरु संक्रमण्को शितकार हुने त्रासकै बीचमा काम गरिरहेका छन् ।

कामदार र उपकरण ल्याउन समस्या

अझ पछिल्ला दिनमा विकसित घटना क्रमले भारतीय कामदारको बाहुल्य रहेका, विदेशी मेसिनरी र परमर्शदातामा भरपर्नुपर्ने अवस्थाका थप आयोजना पनि प्रभावित हुन थालेका हुन् । भारतीय र अष्ट्रियन कम्पनीको काम गरिरहेको माथिल्लो तामाकोशीमा पनि यसको यसको असर देखिन थालेको छ ।

आयोजनाका खएक अधिकारीका अनुसार र निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा केही सामान भारतबाट ल्याउनुपर्ने छ । तर, कोरोनाका लागि अपनाइएको सतर्कताका कारण आपूर्तिमा कारण समस्या हुने अवस्था आएको छ ।

अहिलेसम्म चीनका कारणमात्रै आयोजनामा प्रभाव परेपनि अब विस्तारै अन्य विदेशी कम्पनीले ठेक्का पाएका आयोजनाले पनि समस्या भोग्न थालेको विकासे अड्डाका गुनासो गर्न थालेका छन् ।

काठमाडौंको रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा तर भूमिगत गर्ने काम भारतीय कम्पनी केईआईले बनाएको छ । यो आयोजनामा अहिले यसअघि भारतबाट आएका कामदार मात्रै छन् । नयाँ कामदार ल्याउन कम्पनीलाई कोरोनाको त्रास बाधक बनेको छ ।

आयोजनाका अनुसार नयाँ कामदार ल्याउन लाग्दा भारतले आफ्ना नागरिकलाई यात्रा चेतावनी जारी गरिरिदयो । नेपालले पनि विमानस्थल भएर आउँदा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम लगायो । यसका कारण अन्योल भएर भारतबाट कामदार ल्याउन समस्या भएको छ ।

आयोजनाका अधिकारीहरुका अनुसार काम नै नरोकिए पनि परियोजना अन्तर्गत एकैपटक जति क्षेत्रमा एकसाथ काम गर्न सकिन्थ्यो, त्यो अवस्था अहिले छैन । जसले गर्दा आयोजनामा आशा गरिएको गतिमा काम हुन नसक्ने अवस्था आउने हो कि भन्ने देखिएको छ ।

भारतीय र इटालियन मात्रै हैन, जापानिज कम्पनीले काम गर्न लागेको आयोजनामा पनि कोरोनाकै कारण अन्योल सिर्जना हुने स्थिति आएको छ ।

जापानको ऋण सहयोगमा बनिरहेको नागढुंगा सुरुङमार्गमा अहिलेसम्म काम रोकिएको त छैन । तर, जापानबाट भारत हुँदै ल्याउनुपर्ने उपकरणबारे अन्योल भएको छ । जापान र भारतमा नै कोरोनाका कारण उच्च सतकर्ता अपनाइएको छ ।

जसले गर्दा भारतीय बन्दरगाह बन्दरगाहसम्म समान्य ल्याउन र त्यहाँबाट छुटाएर नेपाल ल्याई पुर्‍याउन कठिन हुने अवस्था आएको आयोजना प्रमुख श्याम खत्रीले बताए ।

‘अहिलेसम्म काममा असर त परेको छैन, तर अब विभिन्न उपकरण जापानदेखि ल्याउनुपर्नेछ, त्यसका लागि समस्या हुने देखियो,’ खत्रीले भने,‘अवस्था छिट्टै समान्य बनेन भने यहाँ काम प्रभावित हुन्छ ।’

थला पर्दै आयोजनाहरु

झन नेपालले बुधबार ५५ देशबाट कसैलाई आउन नदिने गरी प्रतिवन्ध लगाएको छ । यसका कारण विदेशबाट आउनुपर्ने परामर्शदाताहरु उतै रोकिने अवस्था आएको छ ।

९ महिनामा मुस्किलले २५ प्रतिशत विकास खर्च गरेको सरकारलाई यसले दबावमा पारेको छ ।

विदेशी कम्पनी संलग्न नेपालका राजमार्गको विस्तार, जलविद्युत आयोजनाका सुरुङ, बाँध, प्रसारणलाइन, सब–स्टेसन, दूरसञ्चार, सिँचाई लगायत दर्जनौं आयोजना निर्माण समस्यामा परेका छन् । यसले विकास खर्च बढाउने सरकारी प्रतिवद्धतामा पनि व्यवधान थपिएको छ ।

विदेशी कामदार, प्रविधिक र ठेकेदारले जिम्मामा लिएका आयोजनाहरु प्रभावित भइसकेका छन् ।

नयाँ वर्ष मनाउन चीन गएका उनीहरुलाई कोरोनाले उतै रोकिदिएको छ । चीनमा कोरोनाभाइरस फैलिदाको असर नेपालका विभिन्न विकास आयोजना देखिइसेको थियो ।

विभिन्न परियोजनामा सामान तथा उपकरण आपूर्ति गर्न नेपाली प्राविधिक चीन जान नपाएर पनि समस्या बढेको छ । चीनले उच्च स्वास्थ्य सतर्कता अपनाउँदै उद्योगहरु पनि बन्द गरेको छ । यसले गर्दा कतिपय मेसिन, उपकरण आयातमा समस्या परेको नेपाल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

चीनमा बैंकहरु पनि बन्द हुँदा नेपालमा काम गरिहेका कम्पनीहरुमा नगद प्रवाह रोकिएको छ । अरु देशमा पनि कोरोना संक्रमण फैलिँदै जाँदाको असर पनि नेपालका आयोजनाहरुमा पर्ने निश्चित जस्तै छ ।

यो पनि पढ्नुहोस सबै प्रदेशका व्यवसाय चौपट, श्रीअन्तुदेखि शुक्लाफाँटासम्म मन्दी यो पनि पढ्नुहोस पशुपतिनाथमा कोरोनाको जोखिम, छिन्नमस्तामा एकैदिन २१४ पशुबलि यो पनि पढ्नुहोस कोरोनाको बहुआयामिक असर : बिरामी पर्‍यो नेपाली अर्थतन्त्र पनि यो पनि पढ्नुहोस आर्थिक वृद्धिको लक्ष्यमा कोरोना भाइरस बाधक यो पनि पढ्नुहोस ठूला विकास आयोजनालाई कोरोनाले पिरोल्यो यो पनि पढ्नुहोस अर्थतन्त्रमा कोरोना भाइरसको कहर यो पनि पढ्नुहोस पर्यटन क्षेत्रलाई जोगाउन अब यसो गरौं सरकार ! यो पनि पढ्नुहोस ‘ग्यास चामलको चिन्ता नगर्नोस्, जिम्मा मेरो हो !’ यो पनि पढ्नुहोस कोरोनाविरुद्ध लड्न कुन देशले ल्याए कस्तो आर्थिक प्याकेज ? यो पनि पढ्नुहोस नेपाली विकास आयोजनामा कोरोना भाइरसको धक्का ! यो पनि पढ्नुहोस हजार मेगावाट थप्ने लक्ष्य, तर ३०० पुर्‍याउन मुस्किल यो पनि पढ्नुहोस वैकल्पिक बजार खोज्दै वायु सेवा प्रदायक यो पनि पढ्नुहोस कोरिया, मलेसिया र खाडीमा कोरोना भित्रिँदा नेपालमा चिन्ता यो पनि पढ्नुहोस कोरोना कहर : अब गाउँ फर्कौं, कृषिलाई प्राथमिकता दिऔं यो पनि पढ्नुहोस ‘कोरोना भाइरस महामारी बनेमा बीमा कम्पनी डुब्न सक्छन्’ यो पनि पढ्नुहोस कोरोनाको प्रभावले नेपालसहित विश्वभरकै सेयर बजार ओरालो यो पनि पढ्नुहोस रेमिट्यान्समा कोरोनाको जोखिम : सरकारको कमजोर तयारी यो पनि पढ्नुहोस संकटको भूमरीमा न्यूरोडका व्यापारी यो पनि पढ्नुहोस नेपाल–चीनबीच अघोषित नाकाबन्दी, व्यवसायी भन्छन्– फस्दैछौं यो पनि पढ्नुहोस कोरोनाको असर : विश्व पर्यटनमा ५० अर्ब डलरबराबरको नोक्सानी यो पनि पढ्नुहोस कोरोनाले सौराहाका होटलहरु संकटमा, कर्मचारीलाई धमाधम छुट्टी यो पनि पढ्नुहोस मानसरोबर खुल्ने–नखुल्ने अन्योल, हवाई र टुर व्यवसायी मारमा यो पनि पढ्नुहोस कोरोना प्रभावित देशको उडान किन रोकेन सरकारले ? यो पनि पढ्नुहोस एयरलाइन्सहरुले भने-यात्रु घटे, अब जहाज ग्राउन्डेड गर्छौं यो पनि पढ्नुहोस खर्च घटाउन उपाय खोज्दै होटल, कर्मचारीलाई दिन थालियो विदा यो पनि पढ्नुहोस भुइँचालो बिर्साउने सुनसान ठमेल ! यो पनि पढ्नुहोस कोरोनाको कहर : नेपालीका श्रम गन्तव्य नै संकटापन्न यो पनि पढ्नुहोस कोरोना भाइरसले विश्वको व्यापार, यात्रा र काममा कसरी ल्याउँदैछ परिवर्तन ? यो पनि पढ्नुहोस मास्कको माग बढ्यो, उद्योग बन्द हुन थाले यो पनि पढ्नुहोस कोरोनाको कहर : उद्योगीले सहुलियत माग्दा वित्तीय क्षेत्रमा तनाव यो पनि पढ्नुहोस बसपार्कमा हेल्थडेस्क छैन, गाडीभित्र खोक्दा पनि डर ! यो पनि पढ्नुहोस यात्रु बढ्दा पनि किन छटपटाउँदैछन् आन्तरिक वायुसेवा कम्पनी ? यो पनि पढ्नुहोस मजदुर–मालिक सम्बन्धमा पनि कोरोनाको प्रभाव ! यो पनि पढ्नुहोस रोजगार र रेमिट्यान्समा संकट, कार्ययोजनाविहीन सरकार यो पनि पढ्नुहोस ग्यास पाइएन ? कुलमान भन्छन्- इन्डक्सन चुल्हो बाल्नुस् यो पनि पढ्नुहोस १५ वर्षदेखि बढेन पेट्रोलियम भण्डारण, उपभोक्तालाई सधै‌ंको सास्ती यो पनि पढ्नुहोस सार्वजनिक सवारी सरुवा रोगको ‘हटस्पट’ यो पनि पढ्नुहोस कोरोनाको बहुआयामिक असर : बिरामी पर्‍यो नेपाली अर्थतन्त्र पनि यो पनि पढ्नुहोस आर्थिक वृद्धिको लक्ष्यमा कोरोना भाइरस बाधक यो पनि पढ्नुहोस ठूला विकास आयोजनालाई कोरोनाले पिरोल्यो यो पनि पढ्नुहोस अर्थतन्त्रमा कोरोना भाइरसको कहर यो पनि पढ्नुहोस पर्यटन क्षेत्रलाई जोगाउन अब यसो गरौं सरकार ! यो पनि पढ्नुहोस ‘ग्यास चामलको चिन्ता नगर्नोस्, जिम्मा मेरो हो !’ यो पनि पढ्नुहोस कोरोनाविरुद्ध लड्न कुन देशले ल्याए कस्तो आर्थिक प्याकेज ? यो पनि पढ्नुहोस नेपाली विकास आयोजनामा कोरोना भाइरसको धक्का ! यो पनि पढ्नुहोस हजार मेगावाट थप्ने लक्ष्य, तर ३०० पुर्‍याउन मुस्किल यो पनि पढ्नुहोस वैकल्पिक बजार खोज्दै वायु सेवा प्रदायक यो पनि पढ्नुहोस कोरिया, मलेसिया र खाडीमा कोरोना भित्रिँदा नेपालमा चिन्ता यो पनि पढ्नुहोस कोरोना कहर : अब गाउँ फर्कौं, कृषिलाई प्राथमिकता दिऔं यो पनि पढ्नुहोस ‘कोरोना भाइरस महामारी बनेमा बीमा कम्पनी डुब्न सक्छन्’ यो पनि पढ्नुहोस कोरोनाको प्रभावले नेपालसहित विश्वभरकै सेयर बजार ओरालो यो पनि पढ्नुहोस रेमिट्यान्समा कोरोनाको जोखिम : सरकारको कमजोर तयारी यो पनि पढ्नुहोस संकटको भूमरीमा न्यूरोडका व्यापारी यो पनि पढ्नुहोस नेपाल–चीनबीच अघोषित नाकाबन्दी, व्यवसायी भन्छन्– फस्दैछौं यो पनि पढ्नुहोस कोरोनाको असर : विश्व पर्यटनमा ५० अर्ब डलरबराबरको नोक्सानी यो पनि पढ्नुहोस कोरोनाले सौराहाका होटलहरु संकटमा, कर्मचारीलाई धमाधम छुट्टी यो पनि पढ्नुहोस मानसरोबर खुल्ने–नखुल्ने अन्योल, हवाई र टुर व्यवसायी मारमा यो पनि पढ्नुहोस कोरोना प्रभावित देशको उडान किन रोकेन सरकारले ? यो पनि पढ्नुहोस एयरलाइन्सहरुले भने-यात्रु घटे, अब जहाज ग्राउन्डेड गर्छौं यो पनि पढ्नुहोस खर्च घटाउन उपाय खोज्दै होटल, कर्मचारीलाई दिन थालियो विदा यो पनि पढ्नुहोस भुइँचालो बिर्साउने सुनसान ठमेल ! यो पनि पढ्नुहोस कोरोनाको कहर : नेपालीका श्रम गन्तव्य नै संकटापन्न यो पनि पढ्नुहोस कोरोना भाइरसले विश्वको व्यापार, यात्रा र काममा कसरी ल्याउँदैछ परिवर्तन ? यो पनि पढ्नुहोस मास्कको माग बढ्यो, उद्योग बन्द हुन थाले यो पनि पढ्नुहोस कोरोनाको कहर : उद्योगीले सहुलियत माग्दा वित्तीय क्षेत्रमा तनाव यो पनि पढ्नुहोस बसपार्कमा हेल्थडेस्क छैन, गाडीभित्र खोक्दा पनि डर ! यो पनि पढ्नुहोस यात्रु बढ्दा पनि किन छटपटाउँदैछन् आन्तरिक वायुसेवा कम्पनी ? यो पनि पढ्नुहोस मजदुर–मालिक सम्बन्धमा पनि कोरोनाको प्रभाव ! यो पनि पढ्नुहोस रोजगार र रेमिट्यान्समा संकट, कार्ययोजनाविहीन सरकार यो पनि पढ्नुहोस ग्यास पाइएन ? कुलमान भन्छन्- इन्डक्सन चुल्हो बाल्नुस् यो पनि पढ्नुहोस १५ वर्षदेखि बढेन पेट्रोलियम भण्डारण, उपभोक्तालाई सधै‌ंको सास्ती यो पनि पढ्नुहोस सार्वजनिक सवारी सरुवा रोगको ‘हटस्पट’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सारीमा आँचल

Advertisment