+
+

सबैजसो ठूला विकासे आयोजनामा देखिन थाल्यो कोरोनाको प्रभाव

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७६ चैत ६ गते १२:४२

६ चैत, काठमाडौं । बुटवल–अत्तरिया ४ सय केभी प्रसारणलाइन  अध्ययनको लागि इटालियन कम्पनीले जिम्मा पाएको छ । तर, इटाली ‘लक डाउन’ भएपछि त्यहाँबाट कम्पनीका प्रतिनिधि नेपाल आउन पाएका छैनन् । यसले गर्दा आयोजनाको अध्ययनको काम पुरै नरोकिए पनि प्रभावित भएको छ ।

आयोजनाका प्रमुख अभिशेष अधिकारीका अनुसार अहिले इटालियन परमर्शदाता कम्पनीसँग स्काइपमा भिडियो वार्ता गर्दै कामहरु भइरहेका छन् । कागजमै हुनुपर्ने कामहरु इमेलमार्फत आदान–प्रदान गरिँदैछ ।

‘अब चिनियाँ मात्रै हैन, अरु देशका ठेकेदार र परमार्शदाताले जिम्मा लिएका परियोजनामा समस्या हुने देखियो,’ अधिकारी भन्छन्,‘ काम नरोकियोस् भनेर अनेकन प्रयत्न गरिएको छ, तर जसरी काम हुनुपर्ने हो, त्यसमा असर परिरहेको छ । ’

कोरोना भाइरसको संक्रमणले हालसम्म नेपालमा चिनियाँ ठेकेदार कम्पनीहरुले काम गरिरहेका आयोजनाहरु मात्रै प्रभावित थिए । अब भने भारतीय अन्य देशका कम्पनीले जिम्मा लिएका आयोजनाहरु पनि प्रभावित बन्न थालेका छन् । विदेशी परामर्शदाताले नियुक्त भएका केही महत्वपूर्ण आयोजनाहरु पनि अब कोरोनाबाट प्रभावित बन्ने अवस्थामा आएको छ ।

अझ सरकारले २५ जनाभन्दा बढी भेला नहुने गरेको निर्देशनले आयोजनामा काम गर्नेहरुलाई सशंकित पनि बनाएको छ । अहिले पनि आयोजनामा कामदारहरु संक्रमण्को शितकार हुने त्रासकै बीचमा काम गरिरहेका छन् ।

कामदार र उपकरण ल्याउन समस्या

अझ पछिल्ला दिनमा विकसित घटना क्रमले भारतीय कामदारको बाहुल्य रहेका, विदेशी मेसिनरी र परमर्शदातामा भरपर्नुपर्ने अवस्थाका थप आयोजना पनि प्रभावित हुन थालेका हुन् । भारतीय र अष्ट्रियन कम्पनीको काम गरिरहेको माथिल्लो तामाकोशीमा पनि यसको यसको असर देखिन थालेको छ ।

आयोजनाका खएक अधिकारीका अनुसार र निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा केही सामान भारतबाट ल्याउनुपर्ने छ । तर, कोरोनाका लागि अपनाइएको सतर्कताका कारण आपूर्तिमा कारण समस्या हुने अवस्था आएको छ ।

अहिलेसम्म चीनका कारणमात्रै आयोजनामा प्रभाव परेपनि अब विस्तारै अन्य विदेशी कम्पनीले ठेक्का पाएका आयोजनाले पनि समस्या भोग्न थालेको विकासे अड्डाका गुनासो गर्न थालेका छन् ।

काठमाडौंको रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा तर भूमिगत गर्ने काम भारतीय कम्पनी केईआईले बनाएको छ । यो आयोजनामा अहिले यसअघि भारतबाट आएका कामदार मात्रै छन् । नयाँ कामदार ल्याउन कम्पनीलाई कोरोनाको त्रास बाधक बनेको छ ।

आयोजनाका अनुसार नयाँ कामदार ल्याउन लाग्दा भारतले आफ्ना नागरिकलाई यात्रा चेतावनी जारी गरिरिदयो । नेपालले पनि विमानस्थल भएर आउँदा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम लगायो । यसका कारण अन्योल भएर भारतबाट कामदार ल्याउन समस्या भएको छ ।

आयोजनाका अधिकारीहरुका अनुसार काम नै नरोकिए पनि परियोजना अन्तर्गत एकैपटक जति क्षेत्रमा एकसाथ काम गर्न सकिन्थ्यो, त्यो अवस्था अहिले छैन । जसले गर्दा आयोजनामा आशा गरिएको गतिमा काम हुन नसक्ने अवस्था आउने हो कि भन्ने देखिएको छ ।

भारतीय र इटालियन मात्रै हैन, जापानिज कम्पनीले काम गर्न लागेको आयोजनामा पनि कोरोनाकै कारण अन्योल सिर्जना हुने स्थिति आएको छ ।

जापानको ऋण सहयोगमा बनिरहेको नागढुंगा सुरुङमार्गमा अहिलेसम्म काम रोकिएको त छैन । तर, जापानबाट भारत हुँदै ल्याउनुपर्ने उपकरणबारे अन्योल भएको छ । जापान र भारतमा नै कोरोनाका कारण उच्च सतकर्ता अपनाइएको छ ।

जसले गर्दा भारतीय बन्दरगाह बन्दरगाहसम्म समान्य ल्याउन र त्यहाँबाट छुटाएर नेपाल ल्याई पुर्‍याउन कठिन हुने अवस्था आएको आयोजना प्रमुख श्याम खत्रीले बताए ।

‘अहिलेसम्म काममा असर त परेको छैन, तर अब विभिन्न उपकरण जापानदेखि ल्याउनुपर्नेछ, त्यसका लागि समस्या हुने देखियो,’ खत्रीले भने,‘अवस्था छिट्टै समान्य बनेन भने यहाँ काम प्रभावित हुन्छ ।’

थला पर्दै आयोजनाहरु

झन नेपालले बुधबार ५५ देशबाट कसैलाई आउन नदिने गरी प्रतिवन्ध लगाएको छ । यसका कारण विदेशबाट आउनुपर्ने परामर्शदाताहरु उतै रोकिने अवस्था आएको छ ।

९ महिनामा मुस्किलले २५ प्रतिशत विकास खर्च गरेको सरकारलाई यसले दबावमा पारेको छ ।

विदेशी कम्पनी संलग्न नेपालका राजमार्गको विस्तार, जलविद्युत आयोजनाका सुरुङ, बाँध, प्रसारणलाइन, सब–स्टेसन, दूरसञ्चार, सिँचाई लगायत दर्जनौं आयोजना निर्माण समस्यामा परेका छन् । यसले विकास खर्च बढाउने सरकारी प्रतिवद्धतामा पनि व्यवधान थपिएको छ ।

विदेशी कामदार, प्रविधिक र ठेकेदारले जिम्मामा लिएका आयोजनाहरु प्रभावित भइसकेका छन् ।

नयाँ वर्ष मनाउन चीन गएका उनीहरुलाई कोरोनाले उतै रोकिदिएको छ । चीनमा कोरोनाभाइरस फैलिदाको असर नेपालका विभिन्न विकास आयोजना देखिइसेको थियो ।

विभिन्न परियोजनामा सामान तथा उपकरण आपूर्ति गर्न नेपाली प्राविधिक चीन जान नपाएर पनि समस्या बढेको छ । चीनले उच्च स्वास्थ्य सतर्कता अपनाउँदै उद्योगहरु पनि बन्द गरेको छ । यसले गर्दा कतिपय मेसिन, उपकरण आयातमा समस्या परेको नेपाल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

चीनमा बैंकहरु पनि बन्द हुँदा नेपालमा काम गरिहेका कम्पनीहरुमा नगद प्रवाह रोकिएको छ । अरु देशमा पनि कोरोना संक्रमण फैलिँदै जाँदाको असर पनि नेपालका आयोजनाहरुमा पर्ने निश्चित जस्तै छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?