Comments Add Comment

‘सामाजिक दुरी’को नाममा आत्मानुशासन बढ्दै

‘सामाजिक दुरी’ कसरी कायम राख्ने ?

सामाजिक दुरी कायम राख्नु नै कोरोना भाइरसबाट बच्ने एकमात्र उपाय हो । करिब एक मिटरको दुरीमा मात्रै मानिसहरुसँग हिँड्नको लागि आग्रह गर्ने गरिन्छ । त्यसैले त्यही अनुसारको दुरी कायम राख्नु नै सामाजिक दुरी हो। यो कसरी सम्भव छ ?

अनिश्चितकालको लागि बाहिर जानै बन्द गर्न सम्भव छैन । बजारमा बस्नेहरुको लागि सबै ठाउँमा एक मिटरको दुरी कायम राख्नु पनि सम्भव छैन । तर, मात्रै यसमा केही बुँदामा ध्यान दिँदा भने पक्कै पनि सामाजिक दुरीबाट कोरोनाको संक्रमणबाट बच्न सकिन्छ ।

कोरोना भाइरसका कारण विश्वव्यापी रुपमा त्रास बढेसँगै सामाजिक रुपमा स्वतस्फूर्त एउटा अनुशासन कायम हुँदैछ। सरकारले निर्देशन दिनेभन्दा पनि यात्रुहरु नै सार्वजनिक सवारीमा तोकिएको सिटभन्दा धेरै भएमा चढ्न छाडेका छन् । ठूला व्यापारिक केन्द्रहरुमा मान्छे जान छाडेका छन् ।

यसरी आफैंमा आत्मानुशासन कायम हुँदैछ । बुधबार मात्रै सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन दिएको छ । बजार सुनसान जस्तै बन्दैछ । बजारमा अत्यावश्यक बाहेक अरु कामका लागि बाहिर जान कम भएको छ भने अनिवार्य मास्क लगाउने क्रम बढ्दै छ।

कोरोनाको उपचार पत्ता लगाउन संसारभरका चिकित्सक एवं वैज्ञानिकहरू अनुसन्धानमा सक्रिय छन् । यसको अहिलेसम्म पनि कुनै औषधि पत्ता लगाउन सकिएको पत्ता लगाउन सकिएको छैन । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमित त भेटिएको छैन । तर, पनि यसबाट धेरैजना त्रसित बनेका छन् ।

धार्मिक क्षेत्र, सिनेमा हल जस्ता मानिसहरुको भीड धेरै हुने ठाउँहरुमा सरकारले सकेसम्म भेला नहुन आग्रह गर्दै आएको छ । यही अवस्थालाई सामाजिक दुरीको रुपमा समेत ब्याख्या गर्ने गरिएको छ । आखिर सामाजिक दुरी के हो? यसले कोरोना भाइरसको प्रभावलाई कम गर्न कसरी भूमिका खेल्छ ?

सामाजिक दुरी भनेको भीडबाट मानिसलाई टाढा राख्नु हो । एकै ठाउँमा जम्मा हुनबाट जोगिनु नै कोरोनाबाट बच्ने उपाय हो । कोरोनाबाट बच्न स्वास्थ्य मन्त्रालयले सुरुदेखि नै भीडभाड भएको ठाउँबाट नजान अपिल गर्दै आएको छ।

सामाजिक घटनाहरूको क्रममा भीड हुने गर्छ । यस्तो अवस्थामा भीड भएको ठाउँमा संक्रमित व्यक्तिबाट अरुमा संक्रमणको डर हुन्छ । भीडहरु धेरै हुने ठाउँहरु जस्तै, बस स्टेसनहरुमा आउने मान्छे संक्रमित छ कि छैन ? भनेर पत्ता लगाउन गाह्रो छ । यस्तो अवस्थामा सामाजिक दुरी कायम राख्नु उत्तम विकल्प हो ।

धार्मिक कार्यक्रमहरुमा संयमता

कोरोनाबाट बच्नको लागि धार्मिक क्षेत्रमा हुने भीडभाडबाट बच्नुपर्ने हुन्छ । धार्मिक स्थलहरुमा सकेसम्म धेरै बेर नबस्नको लागि समेत सरकारले आग्रह गरेको छ । त्यस्तै, भारतमा त विभिन्न धार्मिक संगठनहरुलाई त्यस्ता कार्यक्रमहरु नगर्न आग्रह गरिरहेको छ । यसरी धार्मिक कार्यक्रमहरुमा समेत संयमता अपनाउनु पर्ने देखिन्छ ।

धेरै भीड हुने समयबाट बचौं

सामान्यतया कार्यालय समय सकिएपछि बजारमा धेरै भीड हुने गर्छ । गल्लीका बजारहरु एवं तरकारी बजारहरुमा यी समयमा धेरै भीड हुन्छ । त्यस्तो समयमा सकेसम्म बाहिर निस्कनु हुँदैन । कार्यालयमा काम नहुनेहरुले त्यो समयमा सकेसम्म बाहिर ननिस्किएर पनि सामाजिक दुरी कायम राख्न सकिन्छ ।

यो समयमा ठूला ठूला सामान खरिद केन्द्रहरुमा भीड नगर्ने एवं तरकारी बजार, बस बिसौनीहरु आदिमा जागरूकता अभियानहरू सञ्चालन गर्नुपर्ने समेत बताउँछ ।

हात धुने वा स्यानिटाइजरको महत्वबारे जानकारी

हात धुने वा स्यानिटाइजरको प्रयोगको महत्वलाई बुझ्नु पनि आवश्यक छ । सामाजिक दुरी अन्तर्गत् कतैबाट फर्किएपछि घरमा प्रवेश गर्नुपूर्व स्यानिटाइजरको प्रयोग एवं हात धुन समेत भुल्नु हुँदैन । यसले पनि हामीलाई कोरोनाबाट जोगिन मद्धत गर्छ ।

सामाजिक बन्न कम गर्नुहोस्

घरमा अतिथि बोलाउन कम गरौं । अरुकोमा सकेसम्म पाहुना लाग्न जाने काम बन्द गरौं । कुनैपनि सामाजिक वा सांस्कृतिक कार्यक्रममा सकेसम्म नजाऔं, त्यस्ता ठाउँहरुमा भाग लिनबाट बच्नुहोस् । खेल आयोजकहरूमा सहभागी हुन नजाऔं । यात्रा आवश्यक छैन भने घुमघामका कार्यक्रमहरु बन्द गरौं । विशेषगरी सार्वजनिक यातायातहरुको प्रयोग गर्न बन्द गरौं ।

सफाई र दुरीको ख्याल राखौं । घरमा समेत सरसफाइमा ध्यान दिने गरौं । यसले कोरोना भाइरसको जोखिम कम गर्न सक्छ । घरमा रहनुहोस् र मिल्नेसम्मको काममा यात्रा कम गर्नुहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

सारीमा आँचल

Advertisment