+
+
Shares

चिकित्सकलाई छुट्टै आवासको व्यवस्था मिलाऊ : मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ७ गते १३:१४

७ चैत, काठमाडौं । नोवल कोरोना (कोभिड–१९) भाइरसको शंका लागेका बिरामीको उपचारमा संलग्न चिकित्सकहरूलाई सम्बन्धित अस्पतालले छुट्टै आवासको व्यवस्था मिलाउनु पर्ने भएको छ । आशंकित बिरामीको उपचारपछि घर फर्किँदा बालबालिका, ज्येष्ठ नागरिकमा जोखिम बढ्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयले उपचारपछि घर जान नचाहने चिकित्सकहरूका लागि छुट्टै आवासको व्यवस्था गर्नुपर्ने निर्देशन दिएको हो । मन्त्रालयको निर्णयमा भनिएको छ, ‘कोभिड–१९ का शंकास्पद बिरामीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू घर जाँदा घरमा रहेका बृद्धबृद्धा तथा केटाकेटीहरूमा जोखिम बढ्ने भएकाले त्यस्ता स्वास्थ्यकर्मीहरूले चाहेमा निजहरूलाई सम्बन्धित अस्पतालले छुट्टै आवासको व्यवस्था मिलाउने ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई २० हजार स्याम्पल टेस्टका लागि तयारी अवस्थामा राख्ने मन्त्रालयको निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?