Comments Add Comment

भारतबाट फर्किएका थप दुई जना अस्पताल भर्ना

८ चैत्र धनगढी । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशङ्कामा थप दुई जनालाई कञ्चनपुरस्थित महाकाली अस्पतालमा भर्ना गरिएको छ । शनिवार भारतबाट नेपाल भित्रिएका २ जनामा उच्च ज्वरो देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो ।

दुबै गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । सीमा नाकामा परीक्षणका क्रममा ज्वरो उच्च देखिएपछि दुवै जनालाई महाकाली अस्पतालमा भर्ना गरिएको महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकृष्ण श्रेष्ठले बताए । उनीहरुको खकारको नमुना सङ्कलन गरेर पठाइएको जानकारी दिए ।

‘हामीले धनगढी पठाएका छौँ । धनगढीबाट काठमाडौँ पठाइन्छ’ उनले भने, ‘नमुनाको रिर्पाेट आएपछि मात्रै थप कुरा थाहा हुन्छ ।’

यसअघि कैलालीको सेतीप्रादेशिक अस्पतालमा पनि तीन जना भर्ना भएका थिए । उनीहरुको पनि खकार संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment