+
+

लुक्ला उडेको समिटको जहाज रामेछापमा आकस्मिक अवतरण

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १४:३१

९ चैत, काठमाडौं । एउटा इन्जिन फेल भएपछि काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण गरेको छ । चालक दलका सदस्यसहित १८ जना बोकेको जहाजको  इन्जिनमा खराबी आएपछि रामेछापमा आकस्मिक अवतरण गरेको रामेछाप विमानस्थल प्रमुख अमित चौरसियाले जानकारी दिए ।

जहाज बिहान ९ बजे विमानस्थलमा अवतरण गरेको थियो । समिटको ‘९ एन एएमजी’ कल साइनको विमान आकस्मिक अवतरण गर्नु परेको थियो ।

यात्रुलाई तारा एयरले लुक्ला लगिसकेको छ । जहाजलाई प्राधिकरणको प्राविधिक टोलीले चेकजाँच गर्नेछ । त्यसपछि मर्मत गरी उडानयोग्य बन्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?