Comments Add Comment

यो अवधि लम्बिन पनि सक्छ, संयम बसौं : मुख्यमन्त्री पोखरेल

तस्वीर : कपिल ज्ञवाली/अनलाइनखबर

१२ चैत, बुटवल । प्रदेश ५ का मुुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरसविरुद्धको लडाईमा सबै एकजुट हुनुपर्ने बताएका छन् ।

बुुधबार मुुख्यमन्त्री कार्यालयबाट प्रदेशबासीलाई सन्देश दिदै उनले भने ‘कोरोनाविरुद्धको साझा लडाईलाई सबैले साथ दिऔं, यो अवधि (लकडाउन) लम्बिन पनि सक्छ ।’

मुख्यमन्त्री पोखरेलले सबै नागरिकले सरकारको निर्देशन पालना गरेर साथ दिएमा मात्र कोरोनाविरुद्धको लडाई जितिने बताए । उनले लकडाउनको अवस्थामा पनि जनतालाई भोकै मर्न नदिने प्रतिवद्धता जनाए ।

‘लकडाउनका सबै सेवा बन्द हुुदैनन् । खाद्यान्न स्वास्थ्य सेवा सुुरक्षासम्बन्धी सेवा जारी रहन्छन् त्यसैले सबै नागरिकले आफ्नै सुुरक्षाका लागि घरबाहिर ननिस्कनुुहोस्’ मुख्यमन्त्री पोखरेलले भने ।

बाहिरका मानिसहरुको आवतजावत रोक्न सके कोरोनाविरुद्धको लडाईं जितिने भन्दै मुख्यमन्त्री पोखरेलले संयम र आत्मविश्वासले लडाईं जितिने बताए ।

संक्रमित व्यक्तिलाई गाउँ र बस्तीमा जान नदिन सजकता आवश्यक रहेको बताउँदै उनले सरकारी आदेश पालना गर्न सबै नागरिक सचेत हुनुपर्ने बताए ।

कोरोना संक्रमितको उपचारका लागि प्रदेशमा चारवटा विशेष अस्पताल तयार रहेको मुख्यमन्त्री पोखरेलले बताए ।

रुपन्देहीको बुुटवल धागो कारखानामा स्थापित अस्थायी कोरोना विशेष अस्पताल, भैरहवाको भीम अस्पताल र दाडको बेलझुुण्डी आयुर्वेदिक र बाँकेको क्यान्सर अस्पालललाई कोरोना विशेष अस्पतालको रुपमा प्रयोगमा ल्याउने मुख्यमन्त्री पोखरेलले बताए ।

प्रत्येक ठाउँमा आईसीयू विकास गर्न दुुई/दुुई करोड रुपैयाँ उपलब्ध गराइएको छ । प्रदेश ५ ले कोरोना रोकथाम कोषमा १० करोड, मन्त्रीहरुको एक महिनाको तलब र प्रदेशसभा सदस्यहरुको १५ दिनको तलब कोषमा जम्मा गर्ने भएको छ ।

मुख्यमन्त्री पोखरेलले भने ‘यो लडाइमा नागरिकको साथ र सहयोग चाहिन्छ । गाउँपालिकालाई २५ शय्या, नगरपालिकालाई ५० र उपमहानगरलाई १ सय शय्याको क्वारेण्टाइन बनाउन भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment