+
+

रौतहटका युवाले गराए मूल बाटो बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते १९:३२

१२ चैत, रौतहट । लकडाउनको समयमा पनि मानिसहरु आवतजावत गरिरहेको भन्दै रौतहटमा युवाहरुले गाउँ छिर्ने सडक बन्द गराएका छन् ।

रौतहटको गुजरा नगरपालिका रंगपुर र चन्द्रपुर नगरपालिकाका युवाहरुले गाउँ छिर्ने सडक बन्द गराएका न् । रंगपुर टोलमा प्रवेश गर्ने सडकमा खाडल तथा तारबार गरेर बन्द गरिएको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका ९ का युवाहरुले सडकमा माटो थुपारेर अवरोध गरेको एक दिनपछि रङ्गपुरका युबाहरुले आफ्नो क्षेत्रको बाटो खनेर आवातजावतमा अबरोध गरेका हुन् ।

सरकारले लकडाउन गरेर सबै नागरिकलाई घरमा बस्न आग्रह गरेपनि आवतजावत नरोकिएपछि बाटो बन्द गरिएको उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?