Comments Add Comment

भ्यालेन्सिया भर्सेस एटलान्टा : जहाँबाट युरोपमा कोरोना फैलियो

१७ चैत, काठमाडौं । युरोपमा कोरोना भाइरस फैलिनुको पहिलो माध्यम युरोपियन च्याम्पियन्स लिगको एक खेल भएको वैज्ञानिकहरुले दावी गरेका छन् ।

गत महिना इटालीको सानसिरोमा भएको च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ मा भ्यालेन्सिया र एटलान्टाबीचको खेल हेर्न ४४ हजार दर्शक उपस्थित थिए  । एटलान्टाको घरेलु मैदान खेलाउन लायक नभएकोले मिलानको मैदानमा खेल भएको थियो ।

१९ फेब्रुअरीमा भएको उक्त खेल घरेलु टोली एटलान्टाले ४-१ ले जितेको थियो । अहिले इटाली र स्पेनमा गरी ७० हजार भन्दा कोरोना भाइरसको संक्रमित छन् । यस्तै दुबै देशमा गरेर मृत्युको संख्या ५ हजार नाघिसकेको छ ।

एटलान्टा क्लब रहेको शहर बर्गामो कोरोनाबाट धेरै प्रभावित स्थानमा पर्छ । जहाँ ३ हजार ८०० संक्रमण भएको छ भने ५ सय ८० जनाको मृत्यु भएको छ ।

इम्युनोलोजिस्ट प्रोफेसर फ्रान्सेस्को फोचेले भ्यालेन्सिया र एटलान्टाबीचको खेल कोरोनाको उद्गम भनेका छन् । उनले केही ज्वरो भए पनि टिकट भएका धेरैले उक्त खेल छुटाउन नचाहेको बताएका छन् ।

मिलानमा खेलेकामध्ये ३५ प्रतिशत खेलाडी कोरोना पोजेटिभ भेटिएको थियो । उक्त खेल भएको चार दिन पछि नै बेर्गामो शहर लकडाउन भएको थियो । यस्तै एटलान्टाका गोलकिपर मार्को स्पोर्टिएलोलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि एटलान्टाको पूरा टिम नै क्वारेन्टाइनमा बसेको थियो ।

इटालीका बेर्गामो शहरका मेयर जर्जियर्जियो गोरीले सानसिरोमा भएको उक्त खेललाई बायोलोजिकल बमको संज्ञा दिएका छन् । उनले यही खेलकै कारण युरोपभर कोरोना भाइरस फैलिएको दावी गरेका छन् ।

गोरीले स्पेनिस पत्रिका मार्कालाई भनेका छन् ‘त्यो खेल बाएलोजिकल बम (जैविक बम) थियो । त्यो समय हामीलाई थाहा थिएन के भइरहेको छ भनेर । यदि भाइरस त्यसबेलै फैलिन थालेको थियो भने सानसिरो पुगेका ४४ हजार दर्शक त्यसबाट संक्रमित भए । कसैलाई पनि थाहा थिएन कि भाइरस हामीमाझ फैलिसकेको छ । धेरैले समूहमा खेल हेरे अनि फ्यानहरुसंगै रहे’  गोरीले भने ।

त्यसपछि भाइरस एकबाट अर्कोमा सर्ने काम भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment