Comments Add Comment

एफएओको चेतावनी : विश्वभर खाद्य संकट हुनसक्छ

१८ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले विश्वभर कोरोना भाइरस (कोभिड–१९) का कारण खाद्य संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । प्रमुख उत्पादक मुलुकले निर्यातमा लगाइएको रोक थप बढाए भाउ पनि उल्लेख्य बढ्ने एफएओको भनाइ छ ।

द साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेअनुसार खाद्य संकटको कारण प्रभावित बन्न सक्ने मुलुकमध्येको एक चीनमा मुलुकको माग धान्नसक्ने चामल र गहुँ उत्पादन भए पनि उसले भटमासजस्ता केही खाद्यान्न भने अन्य मुलुकबाट मगाउने गर्छ । यस्तोमा उसले खाद्यान्नको भाउ बढ्न सक्ने बताइएको छ ।

पछिल्लो समय भाइरसको त्रासको कारण सीमा र आपूर्ति सञ्जालमा देखिएको अवरोधले खाद्यान्न सुरक्षामा गम्भीर चुनौती देखिएको राष्ट्रसंघको भनाइ छ । पछिल्लो केही सातायता विश्वभर चामल, गहुँजस्ता खाद्यान्नको एक अर्को मुलुकमा हुने आपूर्ति रोकिएको छ ।

त्यसका साथै अफ्रिका तथा मध्यपूर्वमा सलहको आक्रमणको कारण उत्पादन पनि घट्न सक्ने अनुमान गरिएको छ । यसले खाद्यान्नको बजार थप कमजोर बनाउन सक्ने एफएओले बताएको छ । त्यसैले तत्कालै यो भाइरस नरोकिए यसले गम्भीर विश्व खाद्यान्न संकट निम्त्याउने संगठनको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment