+
+
Shares

राइड सेयरिङ र बिजुलीको कर खारेज गर्न आजपाको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते ११:२८

६ साउन, काठमाडौं । आम जनता पार्टी (आजपा)ले राइड सेयरिङ र बिजुलीको कर पनि खारेज गर्न माग गरेको छ ।

आजपाका अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर नलिने सरकारको घोषणाको स्वागत गरेका छन् ।

अध्यक्ष साहले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाहको उक्त घोषणालाई आफ्नो पार्टीले उच्च सम्मानसहित धन्यवाद ज्ञापन गरेको उल्लेख गरेका गरेका छन् ।

संविधानमा मौलिक हकको रूपमा ग्यारेन्टी गरिएको शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कर लगाउनु आफैँमा अनुचित भएको साहको भनाइ छ । आम नागरिकको भावना र मागलाई आत्मसात गर्दै सरकारले उक्त कर हटाउने निर्णय गर्नु सराहनीय कार्य भएको साहले जनाएका छन ।

साथै, आजपा अध्यक्ष साहले राइड सेयरिङ र बिजुलीको कर पनि खारेज गर्न माग गरेका हुन्  ।

सरकारले राइड सेयरिङ (सवारी साझेदारी) र बिजुली महसुलमा ५ प्रतिशतको दरले मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?