+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

कैलालीमा लकडाउन कडा, खाद्य पसल पनि बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते १५:३१

२१ चैत, कैलाली  । कोरोना भाइरसको सक्रमण फैलिन नदिन धनगढीमा खाद्य पसल पनि बन्द  हुने भएका छन् ।

धनगढीमा रहेका पसलहरु पूर्ण रुपमा बन्द गर्दै अत्यावश्यक सामानहरु घुम्ती पसलमार्फत् घरघरमा पुर्‍याउने तयारी भइरहेको धनगढी उपमहानगरपालिकाको जनाएको छ ।

सामान खरिदका लागि साँझ बजारमा मान्छेहरु निस्किने क्रम बढेकोले पसलहरु पूर्ण रुपमा बन्द गर्ने तयारीमा पुगेको नगर प्रमुख नृपबहादुर वडले बताए ।

`लकडाउनको अर्थ जो जहाँ छ, त्यस्तै अवस्थामा बस्ने भन्ने हो । साँझपख मान्छेहरु निस्किँदा जोखिम बढेकाे छ,’  उनले भने, ,’नागरिकको सुरक्षाको लागि पसलहरु पनि बन्द गराउने तयारीमा छौं ।’

उनले कोरोनाको संक्रमणबाट जोगिन लकडाउनलाई प्रभावकारी बनाउन अत्यावश्यक पसलहरु पनि बन्द गर्ने निर्णयमा पुगेको बताए । मेयर वडले भने, ‘कसैलाई औषधि आवश्यक परे घरमै उपलब्ध गराउने व्यवस्था गर्छौ‌ं । तर, घरबाहिर निस्किन दिँदैनौ‌ं ।’

उनले घुम्ती पसल गर्ने बताए । त्यसपछि  कुनै पसल सञ्चालन हुन नदिने उनको दाबी छ । जिल्ला प्रशासन कार्यालयले पनि कैलालीमा शुक्रबारबाट थप कडा पारिएको जनाएको छ ।

शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय, कैलालीले  लकडान कडा पारिएको जानकारी दिएको थियो । ‘अब पास मान्य हुने छैन,’ सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, ‘खाद्य पसलमा पनि कडाइ गरिएको छ।’

धनगढी उपमहानगरपालिकाले जस्तै घरमै आवश्यक वस्तु पुर्‍याउने व्यवस्था मिलाएपछि खाद्य पसल पनि पूर्ण रुपमा बन्द गरिने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?