+
+
Shares

अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २२ गते ७:३४

२२ चैत, काठमाडौं । सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न शनिबार ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

सरकारले चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने/नदिने बारेमा पनि मन्त्रिपरिषदमा छलफल हुने स्रोतले बतायो ।

त्यसैगरी स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने र अन्य नियमित एजेण्डामाथि छलफल गरिने बालुवाटार स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?