+

सौन्दर्य र स्वास्थ्यबीच तालमेल

२०७६ चैत  २२ गते १५:४९ २०७६ चैत २२ गते १५:४९
सौन्दर्य र स्वास्थ्यबीच तालमेल

चिकित्सकहरुका अनुसार मेनोपज, एनिमिया तथा एसिडिटी जस्ता महिला स्वास्थ्य सम्बन्धी थुप्रै समस्याहरु छन्। जसले स्वास्थलाई मात्र होइन सुन्दरतालाई समेत प्रभावित गरिरहेको हुन्छ ।

जबसम्म भित्रबाटै स्वस्थ हुनुहुन्न, तबसम्म महँगाभन्दा महँगा उत्पादन तथा उपचारसमेतले सुन्दर बनाउन सक्नेछैन । सुन्दर तथा चमकदार अनुहार, मुलायम कपालका लागि बाहिरी स्याहारसुसार मात्र काफी छैन, आन्तरिक रुपमै स्वस्थ्य हुन जरुरी छ ।

छाला

चिकित्सकहरुका अनुसार यदि छालामा पहेंलो अथवा गुलाबी रंगको बिमिरा अथवा दागहरु देखियो भने त्यो सूर्यको किरणहरुले हुने स्किन ट्युमर हुन सक्छ । जसको उपचार समयमा हुनु अनिवार्य छ । छालामा यदि सेतो रंगका स–साना दागहरु बढिरहेका छन् भने त्यो एक प्रकारको छालाको क्यान्सर हुनसक्छ ।

खुट्टा अथवा पञ्जा

पेडिक्योर गराउनुहोस्, यदि खुट्टा अथवा पञ्जामा सूजन छ भने, खुट्टा सफा छैन भने, औंलाहरुमा रातो दाग छ भने, पञ्जामा अधिक गर्मीका कारण अत्यधिक पसिना आउँछ भने तपाईंको खुट्टा कहिले पनि सुन्दर देखिँदैन । यी सबै ग्रन्थीहरुमा अत्यधिक असन्तुलनको चिन्ह हो ।

त्यसको विपरित यदि तपाईं पञ्जाहरुमा चिसोपना, रुखो छाला तथा नङ भाँचिने समस्या छ भने यो खुट्टाको पैतालासम्म रगतको सही परिचालन नभएको संकेत हो। खुट्टाको पैताला सुन्निनु अथवा हल्का-हल्का झण्झनाहट मधुमेहको संकेत हुनसक्छ । छालाको रंग परिवर्तन हुने तथा कुर्कुच्चा नजिकै हुने सूजनले हृदयसँग सम्बन्धित रोगहरुको संकेत दिन्छ ।

कपाल झर्नु

यदि तपाईंको कपाल स्वभाविक रुपमा चम्किलो तथा बलियो छ भने तपाईंको स्वास्थ्य ठिक छ । रुखो कपाल हल्का थाइराइडका कारण पनि हुनसक्छ। जब कि फुलेको कपालको अर्थ हो शरीरमा जिंक अथवा म्याग्नेशियमको कमी ।

टाउकाको छालाको सुख्खापन भने तनाव अथवा छालाको अन्य कुनै रोगका कारण पनि हुनसक्छ ।  एक सयदेखि एक सय पचास वटासम्म कपाल झर्नु सामान्य कुरा हो। तर, योभन्दा बढी केश झर्न थाल्यो भने यो गम्भीर समस्या हो ।

डाइटमा प्रोटिनको कमी भयो भने पनि फंगल इन्फेक्सन तथा रुखोपनालाई जन्म दिन्छ। जसले कपाल झर्ने समस्या हुन्छ। यसका लागि कुनै छाला रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।

हात तथा नङ

हातको नीलोपनाले के बताउँछन् तपाईंको रक्तसञ्चार सुचारु रुपले चलिरहेको छैन । हातमा सूजन हुनुको कारण थाइराइड हुनसक्छ । हातको कम्पन उच्च रक्तचाप अथवा न्युरोलोजिकल गडबडीको संकेत हो ।

स्वस्थ नङ गुलाबी रंगको हुन्छ र तलतिर सेतो रंगको गोलाकार हुन्छ। शरीरमा आइरनको कमीका कारण नङ कडा भएर भाँचिन सक्छ । रुखो तथा मोटो नङ संक्रमणको कारण हुनसक्छ । नङमा सेतो दाग जिंक तथा प्रोटिनको कमीले अथवा अत्यधिक सुगरका कारण हुन्छ। यदि नङ हरियो अथवा पहेंलो छ भने त्यो फंगस इन्फेक्सनका कारणले हुन्छ ।

नियमित रुपले आफ्नो डाइटमा जिंक, रातो मासु, सी फुड, गहुँ, दाल, अण्डा, पनिरको मात्रा बढाउनुपर्छ ।

आँखाको वरपरको कालो भाग

आँखाको वरपर कालो दाग अनिन्द्रा, तनाव अथवा खानामा पोषक तत्वको कमीका कारण हुन्छ । एनिमायाको कारणले पनि यो समस्या हुन्छ । एनिमियाका कारण शरीरमा हेमोग्लोबिनको कमी हुन्छ । यो समस्या महिनावारीको बेला अत्यधिक ब्लिडिङका कारण पनि हुन्छ । यसबाट थकान महसुस हुन्छ, अनुहारमा सेतो दाग जस्तो पनि आउँछ ।

आइरनयुक्त पदार्थहरु जस्तो पालुंगो, अमला, स्याउ, गोलभेंडा, एलोभेरा, किसमिसको नियमित सेवनले एनिमियाबाट बच्न सकिन्छ । राम्रो निद्राले पनि यो समस्याबाट छुटकारा पाउनु सकिन्छ ।

पीसीओडी

पोलिसिस्टिक ओबेरियन डिजिज ओबरीसँग सम्बन्धित छ। जसको सुरुवात १५ देखि २२ वर्षका युवतीहरुमा हुन्छ । तर, यसको जानकारी निकै समयपछि मात्र हुन्छ। यसका कारणहरुमा सौन्दर्यसँग सम्बिन्धत समस्याहरु जस्तो हिरसोटिज्म, पिग्मेन्टेसन, महिनावारीमा ढिलाई जस्ता समस्याहरु देखिन्छन्। कतिपय अवस्थामा यी समस्याहरु उपचार गरेर समेत ठिक नहुनसक्छन्।  पीसीओडीका लागि पेल्भिकको अल्ट्रा साउण्ड, थाइराइड तथा डीएचईएसको टेस्ट गराउनुपर्छ । उपचारको क्रममा औषधिका साथ वजन घटाउने सल्लाह पनि दिइन्छ ।

चाउरीपना

चाउरीपनाले बढ्दो उमेरको त संकेत गर्छ नै। यसका साथै यसमा जिनहरुको समेत महत्वपूर्ण भूमिका हुनसक्छ । त्यसका अतिरिक्त धुम्रपान तथा कुपोषणका कारण पनि चाउरीपनाको समस्या देखिन्छ ।

यसका लागि चिनी अथवा सख्खरको सेवन कम गर्नुपर्छ। किनभने यसले ब्लड सुगरको लेभल बढाएर चिनी बन्ने प्रकृयालाई तिब्र बनाउँछ, जसबाट कोलाजन तथा इलास्टिक बन्ने क्षमता कम हुन्छ र चाँडै नै चाउरीजना देख्न सकिन्छ ।

त्यसबाट छुटकारा पाउनका लागि प्रशस्त पानी पिउनुपर्छ। मेवा तथा दालको सेवन अत्यधिक गर्नुपर्छ । यी खाद्य पदार्थहरुले छालाका लागि प्राकृतिक तेल प्रदान गर्दछन् भने छालालाई कसिलो बनाउनुका साथै चमकदार समेत बनाउँछन् । कार्बोरेटेड ड्रिङ्क्स, कुकिज, क्यान्डिज आदिको प्रयोग कम गर्नुपर्छ । नियमित फेसियल गराउनुपर्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बालबालिकामा बढ्दैछ आस्थमाको समस्या, कसरी रोक्ने ?

बालबालिकामा बढ्दैछ आस्थमाको समस्या, कसरी रोक्ने ?

कसरी गरिन्छ दमको आयुर्वेदिक उपचार ?

कसरी गरिन्छ दमको आयुर्वेदिक उपचार ?

के धेरै रिसाउँदा हृदयाघातको जोखिम बढ्छ ?

के धेरै रिसाउँदा हृदयाघातको जोखिम बढ्छ ?

के फ्लेभरयुक्त कण्डमले संक्रमणको जोखिम हुन्छ ?

के फ्लेभरयुक्त कण्डमले संक्रमणको जोखिम हुन्छ ?

नोमोफोबिया : डिजिटल संसारले दिएको मानसिक विचलन

नोमोफोबिया : डिजिटल संसारले दिएको मानसिक विचलन

हामीलाई धेरै मिठो लाग्ने ‘अल्ट्रा–प्रोसेस्ड’ खानेकुरा कति खतरनाक ?

हामीलाई धेरै मिठो लाग्ने ‘अल्ट्रा–प्रोसेस्ड’ खानेकुरा कति खतरनाक ?