Comments Add Comment

एलर्जी, फ्लू र कोरोनाबीच के छ फरक ? आफैं पत्ता लगाउन सकिन्छ

अहिले हामीमध्ये कसैलाई सामान्य रुघा, खोकी लाग्यो भने पनि उसलाई हामी कोरानाको संक्रमण सम्झेर भयभित हुन थाल्छौं । तर, यो स्थितिमा डराउनुको साटो फ्लू, एलर्जी तथा कोरोनाको संक्रमणका बीचमा के फरक छ भन्ने कुरा बुझ्नेतर्फ ध्यान दिनु पर्छ ।

वास्तवमा, त्यसरी यी तीन वटा बिरामीबीच फरक छुट्याउन खासै गाह्रो पनि छैन । केवल तपाईंले यीनका सामान्य लक्षणहरुमा ध्यान दिए पुग्छ ।

लक्षणहरुमा ध्यान दिनु पर्छ

अधिकांश एलर्जी तथा इन्फ्लुएन्जा मौसमी हुन्छन् । वसन्त ऋतुको मौसममा नाकबाट पानी बग्ने समस्या देखियो भने त्यो सम्भवतः एलर्जी नै हुनुपर्छ ।

जाडो मौसममा तपाईंलाई रुघा–खोकी लाग्यो भने त्यो फ्लूका लक्षण हुन सक्छ ।

तर, यदि मौसम केही तातो अथवा गर्मी छ र तपाईंलाई फ्लू जस्तो लक्षण देखियो भने त्सयसलाई केवल फ्लू भनेर वेवास्ता गर्नु हुँदैन, किनभने त्यो कोरोना पनि हुन सक्छ ।

के गर्मीमा कोरोना समाप्त हुन्छ ?

इन्फ्लुएन्जा प्राय गर्मीमा  मर्छन् । त्यसो त वैज्ञानिहरु कोरोना भाइरस उच्च तापमानमा मर्न सक्ने प्रमाण जुटाउनमा सक्रिय भैरहेका छन् । कोरोनाले उच्च तापमान  हुने सिंगापुर जस्तो भूमध्यरेखीय देशहरुमामा समेत मानिसहरुलाई संक्रमित गरेको छ ।

यसरी पत्ता लगाउन सकिन्छ

चिकित्सकहरुको भनाइ के छ भने तपाईंले लक्षणहरु बिग्रने पक्षलाई बढी ध्यान दिनु पर्छ । एलर्जीबाट हुने अफ्ट्यारो उपचार नहुञ्जेल जस्ताको तस्तै रहन्छ ।

फ्लूको लक्षण एक हप्तामा आफैं ठीक हुन्छ । तर, कोभिड–१९ को लक्षण सामान्य फ्लूको तुलनामा गम्भिर हुँदै जान्छ र यसबाट ज्यान गुमाउनहरुको तथ्यांक पनि निकै बढी छ ।

ज्येष्ठ नागरिक, मुटु रोगी अथवा मधुमेहका रोगीहरुले विशेष सचेत हुनु पर्छ ।

चीनमा अधिकांशलाई सुख्खा खोकी र ज्वरो थियो

चीनमा ५६ हजारभन्दा बढी कोरोना पोजेटिभका बिरामीहरुमा सुख्खा खोकी, सास फेन गाह्रो हुने, घाँटीमा खसखस तथा ज्वरो जस्ता लक्ष्ँणहरु देखिएका थिए ।

करीव ५ प्रतिशत बिरामीहरुलाई जीउ दुख्ने तथा उल्टि आउने लक्षण पनि देखिएको थियो । शून्य दशमलव ४ प्रतिशत बिरामीलाई डाइरिया भएको थियो ।

फोक्सोमा संक्रमण र निमोनिया

गम्भिर संक्रमणका क्रममा फोक्सोमा घाउ तथा निमोनिया जस्ता लक्षण देखिन्छ । तर, कोरोनाका अधिकांश बिरामीहरुमा सामान्य फ्लू जस्तै लक्षण नै देखिएका थिए ।

फ्लू तथा कोरोनाको बीचको भिन्नतालाई पत्ता लगाउने एउटा ठूलो माध्यम तपाईंको संक्रमित क्षेत्रको यात्रा इतिहास तथा बिरामीको संक्रमणमा आउनु पनि हुन सक्छ ।

कोरोना संक्रमण भएको करिव दुई हप्तामा तपाईं ठिक हुन सक्नु हुनेछ । गम्भिर बिरामीहरु तीनदेखि छ हप्तामा ठिक हुन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment