+
+

नेकपाले बोलायो सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २४ गते १७:२७

२४ चैत, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि सचिवालय बैठक बोलाएको छ । म‌ंगलबार अपराह्न चार बजे बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा उपचारमा सरकारले गरिरहेका काम, राहत तथा स्वास्थ्य सामग्री खरिदमा देखिएको विवाद लगायतका विषयमा छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।

स्वास्थ्य सामाग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको नेकपाभित्र असन्तुष्टि छ ।

पछिल्लो समय नेकपामा नेताहरुले सचिवालयको बैठक बोलाउन माग गर्दै आएका थिए । यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुराकानी पनि भएको थियो । तर, बैठक बोलाइएको थिएन ।

कोरोनाको महामारी लगायतका विषयमा सरकारले गरिरहेका कामबारे जानकारी लिने बैठकको एजेण्डा रहेको महासचिव विष्णु पौडेलले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?