Comments Add Comment

खेलाडीको सम्झौता थप्न फिफा सहमत

२६ चैत, काठमाडौं । खेलाडी किनबेच अर्थात् समर ट्रान्सफर विन्डोको समय बढाइने भएको छ । यस्तै ३० जुन मा क्लबसँग सम्झौता सकिने खेलाडीहरूको सम्झौता पनि थपिने भएको छ ।

कोरोना भाइरस महामारीका कारण अहिले विश्व फुटबल ठप्प छ । कुनै पनि फुटबल गतिविधि भएको छैन । युरोपका ठूला लिग स्थगित छन् । फिफाका अन्तर्राष्ट्रिय खेलहरू समेत प्रभावित छ ।

यस्तो अवस्थामा लिग र खेलाडीको सम्झौता मध्यनजर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले खेलाडीको सम्झौता केही समयको लागि बढाउन सहमति दिएको हो ।

त्यसअघि फुटबलको मुख्य सरोकारवाला निकायहरुले यस प्रस्तावमा सहमति जनाइसकेका थिए ।

फिफाले विभिन्न कन्फ्रेडेरेसन फेडेरेसन, क्लब, खेलाडी र लिगसँग यसबारेमा छलफल गरेर मान्यता दिएको हो ।

यसअघि यस २०१९–२० को सिजन ३० जुनसम्म सकाउने सबैले सहमति गरेका थिए, तर अब त्यसो हुने छैन ।

खेलाडीको सम्झौता अंग्रेजी महिना जुनको अन्तिमसम्म थियो । अब उनीहरूको सम्झौता स्वतः थप हुने र अर्को सिजन सुरु नहुँदासम्म लागू हुने बीबीसीले जनाएको छ ।

फिफाले एक स्टेटमेन्ट जारी गर्दै जारी सिजनको सेड्युल प्रभावित हुने जनाएको छ ।

फिफाले जनाएअनुसार, खेलाडीको सम्झौता थप गर्दै समर ट्रान्सफर विन्डो पनि सारिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment