Comments Add Comment

वर्षा सिवााकेटीको टिप्स, घरमा यसरी बनाउने होममेड फेसप्याक

अक्सर महिलाहरुलाई पार्लर धाइरनुपर्ने हुन्छ । कहिले थ्रेडिङका लागि त, कहिले फेसियलका लागि । उनीहरुका निम्ति यो नियमित प्रक्रिया हो, सौन्दर्य कायम राख्ने ।

अहिले लकडाउनको कारण पार्लर बन्द छ । सौन्दर्य प्रशाधनको बजार पनि ठप्प छ । यस्तो अवस्थमा आफ्नो सौन्दर्यको ख्याल कसरी गर्ने त ?

यसको लागि गजबको कइदा हो, घरेलु विधी अपनाउने । प्रकृतिक तौर तरिकाबाट सौन्दर्य कायम राख्ने । अहिले सौन्दर्य चेत बढ्दै जाँदा धेरैले घरमा नै फेसप्याकदेखि फेसियल स्क्रबसम्म बनाउने गर्छन् । कतिपय अभिनेत्रीहर पनि बजारको सौन्दर्य प्रशासनमा विश्वास गर्दैनन् । घरमै उपलब्ध सामाग्रीबाट आफ्नो सौन्दर्यको ख्याल राख्छन् । जस्तो कि वर्षा सिवाकोटी ।

वर्षासँग अनलाइनखबरले यस्तै प्रसंगम कुराकानी गरेको थियो । उनी घरमा कसरी सौन्दर्यको ख्याल राख्छिन् ?

उनकै शब्दमा

म धेरैजसो त बजारको कस्मेटिक्स प्रयोग गर्दिन । पार्लर धाउने गरेकी छिैन । घरमै फेसप्याक गर्छु । थ्रेडिङ पनि घरमै गर्छु ।

सुरुमा त म पनि बजारको कस्मेटिकस खुब प्रयोग गर्थें । सुटिङमा मेकअप गर्नु पर्ने नै भयो । अनेकथरी मेकअप । त्यसमाथि दिनभरको घाममा बसाई । खानपानमा ध्यान दिन नसकिने । मेरो अनुहारमा समस्या देखिन थाल्यो । अनुहार रुखो जस्तो भयो ।

त्यसपछि मैले जे गरें

त्यसपछि मैले बजारको कस्मेटिक्स सबै हटाएँ । आफ्नै हातले घरेलु फेसप्याक बनाउन थालें । नियमित रुपमा त्यही फेसप्याक लगाएपछि अहिले अनुहारको समस्या हटेको हो ।

तर, अनुहार राम्रो बनाउनका लागि लिपपोत गरेर मात्र पुग्दैन । जीवनशैली, खानपान सबै मिल्नुपर्छ ।

म स्वास्थ दिनचर्या पालना गर्छु । व्यायाम गर्छु । घाममा हिँड्दा मास्क, स्कार्फ, सनग्लास प्रयोग गर्छु । पानी पर्याप्त पिउँछु । जुस पिउँछु ।

युट्युबबाट सिकें

फुर्सदको समयमा म युट्युब हेरेर प्रकृतिक फेसप्याक बनाउने विधी सिक्ने गर्थें । हुन त सबै युट्युब च्यानलले सही कुरा देखाउँछ भन्ने छैन । भरपर्दो एवं विश्वसनिय कमै हुन्छ । कुन विश्वसनिय हो भन्ने कुरा चाहि छुट्याउन सक्नु पर्छ ।

युट्युबमा देखाइने जस्तै सामाग्री हामीसँग नहुन सक्छ । तर, त्यसको विकल्पमा के प्रयोग गर्ने भन्ने कुरा आफुसँग उपलब्ध सामाग्रीबाट तय गर्नुपर्छ । आफ्नै दिमाग पनि लगाउनुपर्छ ।

बर्षा टिप्स, ‘यसरी तयार गर्न सकिन्छ फेसप्याक’

अनलाइनखबरलाई बर्षाले घरेलु फेसप्याक तयार गर्ने टिप्स यसरी दिइन् ।

आवश्यक सामग्री

बेसनको पीठो, अलिकति चन्दनको धुलो, चामलको पीठो (सबै एक–एक चम्चा) । उक्त धुलोमा मिसाउनका लागि कागतीको रस, गुलाबजल र मह चाहिन्छ ।

कसरी तयार गर्ने ?

बेसनको पीठो, चन्दनको धुलो, चामलको पीठोलाई एकै ठाउँ मिश्रण गर्ने । उक्त मिश्रणलाई कुनै डिब्बामा राख्न सकिन्छ र आवश्यक परेपछि प्रयोग गर्न सकिन्छ । जब फेसप्याक प्रयोग गर्ने बेला हुन्छ, त्यसमा कागतिको रस, गुलाबज, मह जस्ता लिक्विड मिक्स गर्छु ।

एक चम्चा गुलाबजल र महले डिजर्ब गर्ने जति धुलो मिसाउने । अब यो पेस्टलाई एकछिन राख्ने र अनुहारमा लगाउन सकिन्छ । अनुहारमा लेप लगाएर आधा घण्टा त्यतीकै छाड्नुपर्छ । त्यसपछि सफा पानीले पखाल्नुपर्छ ।

मैले यस्तो फेसप्याक एक दिन बिराएर लगाउने गरेको छु ।

यसको साइटइफेक्ट छैन । यी सबै सामग्री जुटाउनुपर्छ भन्ने पनि छैन । त्यसमध्ये एक वा दुई वटा सामग्री मात्रै मिलाएर पनि फेसप्याक बनाउन सकिन्छ ।

हेयर केयर ट्रिक

केसको सौन्दर्य जोगाउन पनि मैले घरमै हेयर आयल बनाउने गरेको छु । त्यसका लागि विभिन्न थरीका प्राकृति तेलहरुको मिश्रण तयार गर्ने । त्यसले केसलाई मसाज गर्नुपर्छ । खासगरी नुहाउनुअघि । त्यसले केस नरम, चम्किलो र बलियो हुन्छ ।

क्यास्ट्रोल तेल, ओलिभ तेल, तोरीको तेल, नरिवलको  पताञ्जलीको तेललाई मिश्रण गर्ने । यिनीहरुलाई छुटाछुटै वा डाइरेक्ट प्रयोग गर्दा केस रुखो हुन सक्छ । त्यसैले सबैको मिश्रण बढी प्रभावकारी हुन्छ । अब उक्त तेलको मिश्रणमा प्याजको रस, अदुवाको रस र मेथी मिसाएपछि अझ राम्रो हुन्छ । यी सबैमा आ–आफ्नै गुण हुन्छ । कुनैमा केस बलियो बनाउने, कुनैमा केस मुलायम बनाउने, कुनैमा केस चम्किलो बनाउने गुण हुन्छ ।

तेलेको यो मिश्रण सधै होइन, कहिले कहिं प्रयोग गर्न सकिन्छ । नुहाउनुअघि । नुहाउनुभन्दा एक घण्टाघि तेलको मिश्रणले मसाज गर्छु र पछि स्याम्पु गर्छु । मनतातो पानीले । खासमा चिसो पानीले नुहाउनु भन्छ । तर, त्यसले केसको तेल राम्ररी पाखलिदैन । त्यसमाथि दुई दिन नुहाएन भने मेरो केसमा तेल आउँछ । तैलिया हुन्छ । त्यसैले एक दिन बिराएर नुहाउँछु ।

यस किसिमको हेयर आयल ट्रिटमेन्ट पछि मेरो केस राम्रो भयो । त्यसअघि एकदमै रफ थियो । केस झर्ने समस्या थियो । चाया पनि परेको थियो । अहिले केस झर्ने क्रम पुरै रोकिएको छ । चाया छैन ।

मेरो केस छोटो छ । र, स्ट्रेट गरेको छु । त्यसैले बाहिर निस्कनुअघि हेयर डायर युज गर्नैपर्ने । यसले केसलाई रुखो बनाउने भएकाले तेलहरुको प्रयोग गर्न थालें ।

खानपान र व्यायाम

सौन्दर्य प्रसाधनले मात्र पुग्दैन । त्यससँगै हेल्दी डाइट र व्यायाम पनि चाहिन्छ । साथसाथै, पर्याप्त निन्द्राको आवश्यक हुन्छ । सुत्नुअघि म तातो पानी पिउँछु । राती पनि पानी पिउने बानी छ । बिहान उठ्नसाथ तातो पानी पिउँछु । तातो पानीले डाइजेसनमा निकै राम्रो भएको छ ।

त्यसपछि कागती र मह राखेर पानी पिउँछु ।

पहिला म दौडन्थें । स्वयम्भुको सिंढी चढ्ने, ओर्लने गर्थे । यसरी झन्डै दुई घण्टा बित्थ्यो । अहिले जुम्बा जान थालेकी छु । जुम्बामै दुई दिन कार्डियो एक्सरसाइज पनि गर्छु । त्यहाँ अरुपनि व्यायाम सिकाइन्छ । जुम्बामा निथु्रक्क पसिनाले भिजिन्छ । यो पनि स्वास्थ्यका लागि राम्रो हो । सौन्दर्यका लागि पनि ।

खानपानमा पनि म अलि सर्तक छु । ग्याष्ट्रिकले सताएकोले गर्दा दुधको चिया छाडें । बाहिरको चिल्लो, चाप्लो खाना पनि खाने गरेकी छैन । सकेसम्म घरकै खाना खाइन्छ । त्यसबाहेक ड्राइ फुड्स खान्छु । म बाहिर निस्कनुअघि झोलामा ड्राइ फुड्स बोक्ने गर्छु । झोलयुक्त खानेकुरामा जोड दिने गरेकी छु ।

अहिले ममीले बन्दाको जुस बनाइदिनुभएको छ । भर्खरै पनि त्यही पिएर आएँ । अब गएर फेरी पिउँछु । ममीले नै चनाको सातु बनाइदिनुभएको छ । साँझ त्यही सातु खाने हो ।

मेरो सुत्ने तालिका नियमित छ । राती १० वा ११ बजेसम्म बस्नै सक्दिन । एक दिन निन्द्रा बिथोलियो भने, दुई दिन डिस्टर्ब हुन्छ । त्यसैले राती समयमै सुत्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment