Comments Add Comment

बुलबुल हेरेँ, उत्कृष्ट रहेछ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुस्तक प्रेमी हुन् नै, चलचित्र प्रेमी पनि हुन् । विगतमा राम्रो चर्चा भएका चलचित्रहरु उनी हलमै पुगेर हेर्ने गर्थे । अहिले लकडाउनमा घरभित्र बस्दा पनि उनले चलचित्र हेर्न भ्याएका छन् ।

डा. भट्टराईले नेपाली चलचित्र बुलबुल सपरिवार हेरेको भन्दै स्वस्तिमा खड्काको तस्विरसहित एउटा ट्विट गरेका छन् । फिल्म उत्कृष्ट लागेको उनको प्रतिक्रिया छ ।

डा. भट्टराई लेख्छन्, ‘लकडाउनको बेला लामो समयसम्म घरपरिसरमै बन्दी भएर बस्नुपर्दा मानसिक तनाव र अन्य स्वास्थ्यजन्य समस्या पैदा हुने हुँदा आ–आफ्नो रुची/परिवेश अनुसार विविध गतिविधि गरिरहनुपर्ने मनोविज्ञानवेत्ताहरु बताउँछन् । त्यसै मेसोमा आज नेपाली फिल्म ‘बुलबुल’ सपरिवार हेरियो । सबै हिसाबले उत्कृष्ट रहेछ है ।’

विनोद पौडेलद्वारा निर्देशित बुलबुल गत वर्षको चर्चित र सफल चलचित्र हो । यसमा स्वस्तिमा खड्का र मुकुन भुषालको अभिनय रहेको छ । स्वस्तिमाले एक टेम्पो चालक महिलाको भूमिका निर्वाह गरेकी छन् ।

बुलबुल यूट्यूवमा भने अपलोड गरिएको छैन । तर, शुल्क तिरेर इन्टरनेटमा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment