+
+

गधा र जेब्राको संसर्गबाट जन्मियो अनौठो बच्चा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २९ गते ७:४५

काठमाडौं । प्रजनन क्रियाबाट बच्चा जन्माउनका लागि एउटै प्रजातिका भाले र पोथीबीच संसर्ग भएर गर्भाधान हुनुपर्दछ । तर अफ्रिकी मुलुक केन्यास्थित त्साभो राष्ट्रिय निकुञ्जमा विज्ञानको यो सत्यले फेल खाएको छ ।

उक्त निकुञ्जभित्र जेब्रा र गधाबीच यौन सम्पर्क भएर गर्भाधान भएसँगै अनौठो बछेडो जन्मिएको छ ।

गधा र जेब्राको संसर्गबाट जन्मिएको उक्त बच्चाको नाम जंकी राखिएको छ । उक्त ठिमाहा बछेडोको जिउडाल जेब्रा र गधाको मिश्रणको रुपमा रहेको छ ।

भाले गधा र पोथी जेब्राको संसर्गबाट जन्मिएको जंकीका खुट्टाहरुमा मात्रै जेब्राका जस्ता सेता धर्साहरु रहेका छन् । जिउको अन्य भाग ्चाहिँ गधाको जस्तै खैरो छ ।

शेल्ड्रिक वाइल्डलाइफ ट्रस्टले आफ्नो फेसबुक पेजमा जंकीको तस्वीर शेयर गरेको छ ।

फेसबुक पोष्टमा ट्रस्टले लेखेको छ, ‘यो जंकी हो । गत वर्षको मे महिनामा त्साभो घुम्ती भेटेनरी युनिटलाई केडब्ल्यूएस कम्युनिटी वार्डेनका तर्फबाट फोन आयो । त्यहाँ एउटा जेब्रा त्साबो राष्ट्रिय निकुञ्जबाट बाहिर निस्किएर सिमा क्षेत्रका बासिन्दाहरुको गाउँ नजिकै बस्न थालेको रहेछ । अनि त्यहाँ पालिएका गधाहरुको समूहमा घुलमिल भयो । स्थानीय मिडियाहरुमा खबर आएसँगै हाम्रो टिमले सो जेब्रालाई पुनः निकुञ्जभित्र सारेको थियो । जेब्राको फेरिएको आनीबानीका कारण उसलाई खतरा हुनसक्ने अनुमान गरी सुरक्षाकर्मीको प्रत्यक्ष निगरानी हुने इलाकामा लगियो । यो वर्षको सुरुवातमै जेब्रासँग एउटा बच्चा देखापर्यो । त्यसको स्वरुप गधा र जेब्राको मिश्रण थियो । सुरुमा त हामीलाई जिउमा हिलो तथा फोहोर लागेका कारण त्यस्तो भएको होला भन्ने लाग्यो । तर त्यो त साँच्चीकै त्यस्तै रहेछ । अन्ततः यसको नाम जंकी राखिएको छ ।’

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?