+

यी हुन् विश्वकपमा सबैभन्दा धेरै खेल जित्ने १० टिम

२०८३ जेठ  ६ गते १७:२० २०८३ जेठ ६ गते १७:२०
यी हुन् विश्वकपमा सबैभन्दा धेरै खेल जित्ने १० टिम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्राजिलले फिफा विश्वकपमा सबैभन्दा धेरै ७६ खेल जितेको छ र ११४ खेल खेलेको छ ।
  • जर्मनीले २० विश्वकपमा ६८ खेल जितेको छ र ११२ खेल खेलेको छ ।
  • अर्जेन्टिना १८ विश्वकपमा ४७ खेल जितेको छ र ८८ खेल खेलेको छ ।

६ जेठ, काठमाडौं । फिफा विश्वकप अहिलेसम्म ब्राजिलले सर्वाधिक ५ पटक जितेको छ । अहिलेसम्म भएका सबै २२ वटै संस्करण खेल्ने पनि एक मात्र टिम ब्राजिल नै हो भने विश्वकपमा धेरै खेल खेल्ने टिम पनि ब्राजिल नै हो ।

त्यसो भए विश्वकप फुटबलमा धेरे खेल जित्ने टिम कुन होला ? कुन टिमले अहिलेसम्म कति खेल जिते होला ? यो कौतुहलताको विषय हुन सक्छ ।

फिफा विश्वकपको २२औं संस्करण सुरु हुन अब केही साता मात्र बाँकी रहँदा अहिले विश्वकप फुटबलको माहोल विश्वभर बढ्दैछ । फिफा विश्वकप २०२६ जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा सुरु हुँदैछ ।

त्यसअघि हामी फुटबलको विगतको इतिहास देखि रोचक प्रसंङ्गहरु लगायत विभिन्न विषयमा जानकारी दिँदै जानेछौं । यस लेखमा भने हामी विश्वकपमा धेर खेल जित्ने टिमहरुको बारेमा चर्चा गर्नेछौं ।

यी हुन् विश्वकपमा सर्वाधिक खेल जित्ने १० राष्ट्र

ब्राजिल (७६) : ब्राजिल नै विश्वकपमा सबैभन्दा धेरै खेल जित्नेमा अघि छ । ब्राजिलले सर्वाधिक ७६ खेल जितेको छ । विश्वकपमा ११४ खेल खेलेको ब्राजिल १९ खेलमा पराजित भएको छ भने उति नै खेल बराबरी खेलेको छ । ब्राजिलको जित प्रतिशत ६७ छ ।

जर्मनी (६८) : ब्राजिलपछि धेरै खेल जित्नेमा युरोपियन राष्ट्र जर्मनी छ । २० वटा विश्वकप खेलेको जर्मनीले ११२ खेल खेल्दा ६८ खेल जितेको छ भने २३ मा पराजित हुँदा २१ खेल बराबरी गरेको छ । जर्मनीले विश्वकपमा ६१ प्रतिशत खेल जितेको छ ।

अर्जेन्टिना (४७) : विश्वकपमा सर्वाधिक खेल जित्नेमा तेस्रो स्थानमा अर्जेन्टिना छ । अर्जेन्टिनाले १८ विश्वकप खेल्दा कूल ८८ खेल खेलेको थियो । जसमा ४७ खेल जित्दा २४ खेलमा पराजित भएको थियो भने १७ खेल बराबरी गरेको थियो । अर्जेन्टिनाको जित प्रतिशत ५३ छ ।

इटली (४५) : विश्वकपमा सर्वाधिक खेल जित्नेमा चौथोमा इटली छ । १८ पटक विश्वकप खेलिसकेको इटलीले ४ पटक विश्वकप जित्दा ४५ खेल जितेको छ । यस्तै १७ खेलमा पराजित हुँदा २१ खेल बराबरी खेलेको थियो । इटलीको जित प्रतिशत ५४ छ ।

फ्रान्स (३९) : विश्वकपमा सर्वाधिक खेल जित्ने सुचीमा फ्रान्स पाँचौ स्थानमा छ । फ्रान्सले विश्वकपमा ७३ खेल जित्दा ३९ खेल जितेको छ । यस्तै २० खेल हार्दा १४ खेलमा बराबरी गरेको छ । फ्रान्सको जित प्रतिशत ५३ छ । फ्रान्सले १६ पटक विश्वकप खेल्दा २ पटक उपाधि जितेको छ ।

इंग्ल्यान्ड (३२) : विश्वकपमा सर्वाधिक खेल जित्नेमा इंग्लयान्ड छेटौं स्थानमा छ । इंऊल्यान्डले विश्वकपमा ७५ खेल खेल्दा ३२ खेल जितेको छ भने २० खेलमा पराजित भएको छ । २२ खेल बराबरी खेलेको छ । इंग्लयान्डको जित प्रतिहत ४३ छ ।

स्पेन (३१) : विश्वकपमा सर्वाधिक खेल जित्ने सूचीमा स्पेन सातौ स्थानमा छ । स्पेनले विश्वकपमा ६७ खेल खेल्दा ३१ खेल जितेको छ । यस्तै १९ खेलमा पराजित हादा १७ खेल बराबरी गरेको छ । स्पेनजको जित प्रतिशत ४६ छ । स्पेनले १६ पटक विश्वकप खेल्दा १ उपाधि जितेको छ ।

नेदरल्यान्ड्स (३०) : नेदरल्यान्ड्स विश्वकपमा सर्वाधिक खेल जित्नेमा आठौं स्थानमा छ । नेदरल्यान्ड्सले विश्वकपमा ५५ खेल खेल्दा ३० खेल जितेको छ भने ११ खेलमा पराजित हुँदा १४ खेल बरारबरी खेलेको छ । नेदरल्यान्ड्सको जित प्रतिशत ५५ छ । ११ पटक विश्वकप खेल्दा ३ पटक फाइनल पुगेपनि नेदरल्यान्ड्सले उपाधि जित्न सकेको छैन ।

उरुग्वे (२५) : उरुग्वे विश्वकपमा सर्वाधिक खेल जित्नेमा नवौँ स्थानमा छ । विश्वकपमा ५९ खेल खेलेको उरुग्वेले २५ खेल जितेको छ । यस्ते २१ खेलमा पराजित हुँदा १३ खेल बराबरी खेलेको छ ।
उरुग्वेको जित प्रतिशत ४२ छ ।

बेल्जियम (२१) : विश्वकपमा सर्वाधिक खेल जित्नेमा बेल्जियम दशौँ स्थानमा छ । बेल्जियमले ५१ खेल खेल्दा २१ खेल जितेको छ । यस्ते २० खेलमा पराजित हुँदा १० खेल बराबरी खेलेको छ । बेल्जियमको जित प्रतिशत ४१ छ । बेल्जियमले १४ पटक विश्वकप खेल्दा अहिलेसम्म फाइनल पुग्न सकेको छैन । सन् २०१८ मा रुसमा भएको विश्वकपमा बेल्जियम तेस्रो भएको थियो ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय