+

लिग २ : स्कटल्यान्डलाई हराउँदै अमेरिका शीर्षस्थानमा फर्कियो

२०८३ जेठ  ६ गते १६:५४ २०८३ जेठ ६ गते १६:५४
लिग २ : स्कटल्यान्डलाई हराउँदै अमेरिका शीर्षस्थानमा फर्कियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिका आईसीसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्यान्डमाथि ६ विकेटको जित निकाल्दै शीर्षस्थानमा फर्किएको छ।
  • स्कटल्यान्डले दिएको १७० रनको लक्ष्य अमेरिकाले २७.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो।
  • अमेरिकाले अब शुक्रबार नेपालसँग खेल्नेछ, यो अमेरिकाको लिगमा पहिलो जित हो।

६ जेठ, काठमाडौं । अमेरिका आईसीसी क्रिकेट विश्वकप लिग २ को शीर्षस्थानमा फर्किएको छ । बुधबार भएको खेलमा स्कटल्यान्डमाथि ६ विकेटको जित निकाल्दै अमेरिका शीर्षस्थानमा फर्किएको हो ।

स्कटल्यान्डले प्रस्तुत गरेको १७० रनको लक्ष्य अमेरिकाले २७.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । स्मित पटेल र शयान जहांगिरले समान ३७ रन बनाए भने साइतेजा मुक्कामल्लाले ३५ रन बनाए ।मिलिन्द कुमार २४ रनमा अविजित रहे ।

स्कटल्यान्डका लागि ज्याक जार्भिस, ओलिभर डेभिडसन र माइकल लिस्कले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४३.३ ओभरमा १६९ रनमा अलआउट भएको थियो । मार्क वाटले सर्वाधिक ६६ रन बनाएर अन्तिम विकेटको रूपमा आउट भए ।

राम्रो सुरुवात गरेको भएपनि स्कटल्यान्डले मिडल ओभरमा राम्रो ब्याटिङ गर्न सकेन । ब्रान्डन म्याकमुलेनले ३२, म्याथ्यु क्रसले २० तथा फिनले म्याकरिथले १९ रन बनाए ।

अमेरिकाका लागि रुशिल उगारकरले ८.३ ओभरमा ४८ रन दिएर ४ विकेट लिए । सौरभ नेत्रभल्करले ३, शुभम रन्जानेले २ तथा हर्मीत सिंहले १ विकेट लिए ।

स्कटल्यान्डले शृङ्खलाका सुरुवाती दुई खेलमा जित निकाल्दा बाँकी दुई खेलमा पराजित भयो । अमेरिकाको भने पहिलो जित हो ।

जितपछि अमेरिकाको २७ खेलमा ३८ अंक भएको छ । ३२ खेलबाट समान अंक भएपनि नेट रन रेटमा स्कटल्यान्ड पछि पर्दै दोस्रो स्थानमा रहेको हो ।

अमेरिकाले अब शुक्रबार नेपालसँग खेल्नेछ ।

अमेरिका क्रिकेट टिम लिग २ क्रिकेट स्कटल्यान्ड क्रिकेट टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय