+
+
Shares

सीजी मोटर्सको महामेला एक्स्चेन्ज कार्निभल भृकुटीमण्डपमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सीजी मोटर्सले ६ देखि ११ जेठसम्म भृकुटीमण्डपमा महामेला एक्स्चेन्ज कार्निभल आयोजना गरेको छ।
  • मेलाको पहिलो दिन गायक कालीप्रसाद बास्कोटा प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
  • कार्यक्रममा रिडारा इकोन ४×४ र अपग्रेडेड किङ लङ १६ सिट सहित अनावरण गरिएको छ।

६ जेठ, काठमाडौं । सीजी मोटर्सले महामेला एक्स्चेन्ज कार्निभल भृकुटीमण्डपमा आयोजना गरेको छ ।

जेठ ६ गतेदेखि ११ गतेसम्म चल्ने मेलाको पहिलो दिन प्रमुख अतिथिका रूपमा लोकप्रिय गायक, संगीतकार तथा एक्सपेङ जी ६ का एन्डोर्सर कालीप्रसाद बास्कोटा उपस्थित थिए। साथै सीजी मोटर्सका डेपुटी सीईओ बिमल शाह लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा रिडारा इकोन ४×४ र ‘अपग्रेडेड किङ लङ’ अनावरण गरिएको छ । नयाँ किङ लङ १६ सिट तथा ७५.४१ किलोवाट ब्लेड ब्याट्रीयूक्त छ । नयाँ किङ लङमा ४०० प्लस रेञ्ज, २१५ एमएम ग्राउन्ड क्लियरेन्स लगायतका विशेषता छन् ।

जारी कार्निभल अन्तर्गत डायुनमा ३.९९ लाख रुपैयाँ डाउन पेमेन्ट, रिडारा इकोनमा ९.९९ लाख डाउनपेमेन्ट सुविधा उपलब्ध हुनेछ । साथै आयोन र एक्स्पेङमा १२ लाखसम्म फाइदा लिन सकिन्छ । उत्कृष्ट मूल्याङ्कन र फाइनान्स सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

इच्छुक ग्राहकले कार्यक्रम अवधिभर भृकुटीमण्डपमा उपस्थित भई सवारी अवलोकन, टेस्ट ड्राइभ, एक्सचेन्ज भ्यालुएसन तथा फाइनान्स परामर्श लिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?