Comments Add Comment

ट्वाइलेट पेपर लुकाएको भन्दै आफ्नै आमामाथि मुक्का

काठमाडौं । कोरोना भाइरसको कारण भएको लकडाउनले गर्दा विश्वका विभिन्न देशहरुमा घरेलु हिंसाका घटनामा वृद्धि भैरहेको छ । अरु समयमा व्यस्तताका कारण राम्रोसँग एकसाथ समय बिताउन नपाउने परिवारका सदस्यहरुले लकडाउनका कारण दिनभर सँगै बस्न पाएका छन् । यसले परिवारभित्र आत्मीयता बढाएको पक्कै छ ।

तर परिवारका सदस्यहरुले घरभित्रै एकसाथ लामो समय बिताउनुपर्दा घरेलु हिंसाका घटनामा पनि वृद्धि भएको छ । घरपरिवारका सदस्यहरुका बीचमा झगडा तथा टकरावका मामिलाहरु पनि बढिरहेका छन् ।

यस्तै घटना अमेरिकाको क्यालिफोर्नियामा भएको छ । ट्वाइलेट पेपर लुकाएको भन्दै त्यहाँ एकजना युवकले आफ्नै आमामाथि मुक्का बर्षाएका छन् ।

कोरोनाका कारण अमेरिकी बजारमा ट्वाइलेट पेपरको माग अत्यधिक बढेको र बजारमा अभाव देखिन थालेको समाचार आइरहेकै छ । बिचरी ती आमाले पनि बजारमा पाउन मुस्किल पर्ने ट्वाइलेट पेपर फारो गरेर चलाउनका लागि लुकाएर राखेकी रहेछिन् ।

छोराले निकै धेरै ट्वाइलेट पेपर प्रयोग गर्ने भएको हुँदा फारो गर्नका लागि आफुले लुकाएको आमाले दाबी गरेकी छिन् ।

ट्वाइलेट पेपरका कारण एउटी आमाले आफ्नै छोराको कुटाइ खानुपरेको घटनापछि सोसल मिडियामा अनेक खालका प्रतिक्रियाहरु आएका छन् । कतिपयले चाहीँ अब ट्वाइलेट पेपरको साटो पानीकै प्रयोग गरी दिसा धुने बानी बसाल्न सल्लाह दिएका छन् ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment