Comments Add Comment

वीरगञ्जमा कोरोना परीक्षण ल्याब नहुनु दुःखद : सभापति खड्का

३० चैत, काठमाडौं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले वीरगञ्ज र राजविराजमा तत्काल कोरोना परीक्षण ल्याब स्थापना गर्न माग गरेकी छन् ।

प्रदेश नं २ को प्रमुख व्यापारिक केन्द्र र भारतबाट नेपाल प्रवेश गर्ने मुख्य द्वार वीरगञ्जमा कोरोना परीक्षणको ल्याब नहुनु दुःखद भएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको ध्यानाकर्षण गरेकी हुन् ।

‘सरकार, वीरगञ्जस्थित तत्कालीन नारायणी अञ्चल उपक्षेत्रीय अस्पताल र राजविराज अस्पतालमा तत्काल कोरोना परीक्षण ल्याब स्थापना गरियोस्’ खड्काले फेसबुकमा लेखेकी छन् ।

उच्च जोखिममा रहेका प्रदेश नं २ का सबै जिल्ला अस्पतालमा कोरोना परीक्षण ल्याब स्थापनाको प्रक्रिया अघि बढाउनसमेत उनले माग गरेकी छन् । रौतहट घर भएकी सांसद खड्का समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित भएकी हुन् ।

आइतबार मात्रै वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment