Comments Add Comment

कपडाबाट हुनसक्ने कोरोना संक्रमणबाट कसरी बच्ने ?

३ वैशाख, काठमाडौं । अहिले कोरोना भाइरस (कोभिड–१९) को त्रास विश्वभर फैलिएको छ । कोरोनाको संक्रमण फैलिन नदिन नेपालमा पनि सरकारले लकडाउन छ भने घरमै बस्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरेको छ ।

यद्यपि, घरमै बसिराख्नु सम्भव हुँदैन । अत्यावश्वक कामका लागि बाहिर जानुपर्ने अवस्था आउनसक्छ । उदाहरणका लागि तरकारी वा खाद्यान्न किन्न बजार जानुपर्ने हुनसक्छ । कोही विरामी भयो भने अस्पताल लैजानुपर्छ ।

कतिपय त अत्यावश्यक सेवा क्षेत्रमा काम गर्ने हुनुहुन्छ, जो चाहेर पनि घरमा बस्न पाउँदैनन् । र, यसरी बाहिर जाँदा अन्य मानिससँग सम्पर्क हुनसक्छ ।

र, कोभिड–१९ का किटाणुहरु विभिन्न सतहमा लामो समयसम्म बस्नसक्छ भन्ने अध्ययनहरुले देखाएको छ । त्यसैले मास्क लगाउँदा पनि वा आफू सतर्क रहँदारहँदै पनि विभिन्न सतहको माध्यमबाट कोरोनाको किटाणु सर्न सक्छ ।

यसबाट बच्न मास्क, लगाउने,साबुनपानीले हात घुने वा स्यानिटाइजर प्रयोग गर्ने गर्छौं । तर हामलिे लडाउने कपडाबारे धेरैले सतर्कता अपनाएको पाइँदैन ।

कपडाबाट मानिसमा कोरोना भाइरस सरेको पुष्टि त भएको छैन, तर कपडामा भाइरस जीवित रहने देखिएकाले जोखिम छैन भन्नसक्ने अवस्था पनि रहेन । त्यसो भए कपडाबाट हुनसक्ने सम्भावित संक्रमणबाट कसरी बच्ने त ?

कपडाबाट हुनसक्ने कोरोना संक्रमणबाट जोगिन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले केही सुझाएको छ । घरबाट बाहिर निस्किँदा लगाएको कपडा घर आएपछि फर्ने र तयसलाई तातोपानी (६०–९० डिग्री सेल्सियस)मा हालेर साबुन वा सरफले राम्रोसँग धुनुपर्छ । त्यसपछि घाममा राम्रोसँग सुकाउनुपर्छ । यसो गर्दा कपडामा भएका भाइरसका सबै किटाणु नष्ट हुन्छन् ।

यसले कपडाबाट हुनसक्ने कोरोना भाइरसको संक्रमणको जोखिम घट्ने डब्लुएचओले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment