Comments Add Comment

लकडाउनमा नम्रता-‘मोटाएरै चिन्ता’

नायिका नम्रता सापकोटा लकडाउन अगाडि एक नेपाली चलचित्रको छायांकनमा व्यस्त थिइन् । उनलाई लामो समयपछि चलचित्रमा काम गर्न पाएको खुसी थियो । तर, लकडाउनका कारण उनले अभिनय गरिरहेको चलचित्र ‘डेसान’को छायांकन रोकियो ।

अहिले उनी घरमै छिन् । नम्रता आफनो स्वास्थ्यमा खुबै ध्यान दिने नायिका हुन् । जिम जाने, खानेकुरामा ध्यान दिने नायिकाको रूपमा उनी पर्छिन् ।

तर, लकडाउनले अन्य कलाकार र आम मानिसको जस्तै उनको पनि नियमित तालिकामा असर पारेको छ ।

नम्रताले लकडाउनको बेलामा अरु केही गर्न नसकेपनि मोटाउन भने सकिने भन्दै चिन्ता व्यक्त गरेकी छिन् । उनले आफू लकडाउन सुरु भएपछि तीन केजी मोटाएको भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् ।

नम्रता मात्र होइन, अन्य नेपाली चलचित्रका कलाकारहरुमा पनि लकडाउनका कारण दैनिक जिम जान नपाएको चिन्ता पर्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment