+
+

अध्यादेश प्रतिगमन उन्मुख कृत्य : शान्ति समाज

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ८ गते १९:५९

८ वैशाख, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सरकारले सोमबार ल्याएका दुई अध्यादेशलाई ‘प्रतिगमनउन्मुख कृत्य’ को संज्ञा दिँदै यसको विरुद्ध एकजुट हुन आह्वान गरेको छ ।

समाजका तर्फबाट सोमबार सभापति उत्तम पुडासैनीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्,‘संकटका बेला नागरिकको जीवन रक्षाका विषयमा अधिकतम केन्द्रित हुनुपर्नेमा विषयान्तर भएर सरकारले गरेको यस्तो लोकतन्त्रको मर्मविरोधी क्रियाकलापको शान्ति समाज निन्दा एवं भत्र्सना गर्दछ । साथै, प्रतिगमन उन्मुख कुनै पनि कृत्यको विरोधमा एकजुट हुन पनि सबैलाई आह्वान गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संकटको यो अवस्थामा यस्तो अध्यादेश ल्याउनुपर्ने औचित्य सिद्ध हुन सक्दैन । संवैधानिक परिषद्को गणपुरक संख्या घटाउने प्रावधान अध्यादेशमा निहीत रहेको हो भने सरकार संसदीय लोकतन्त्रको मूल्य र मान्यतालाई क्षत विक्षत बनाउन खोज्दैछ ।’

त्यसैगरी वर्तमान संवेदनशील अवस्थामा राजनीतिक दलसम्बन्धी ऐन संशोधनको लागि अध्यादेश ल्याउने प्रस्ताव दुर्भाग्यपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।

समाजको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस्ता कदमले सरकारले संयम गुमाएको र संवेदनहीन देखिएको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ ।’

कोभिड १९ को त्रासदीका कारण देशमा लकडाउन लागु भएका बेला मन्त्रिपरिषदले विवादास्पद प्रावधानसहित अध्यादेश ल्याउने निर्णय गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवादास्पद दुई अध्यादेश ल्याएको हो । दुबै अध्यादेश सोमबार नै राष्ट्रपतिबाट जारी भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?