
मानौं तपाईंको बच्चाले अचानक वान्ता गर्न थाल्यो, के गर्नुहुन्छ । परिवारको कुनै सदस्य अचानक लडेर बेहोस भयो, के गर्नुहुन्छ ?
यस्ता समस्याहरु कुनैपनि बेला आउन सक्छ । जब समस्या आउँछ, हामी केही गर्नै सोच्दैनौं । अत्तालिन्छौं । हतास हुन्छौं । यसले अरु समस्या निम्त्यिाउँछ । त्यसैले जब घरमा कसैलाई अचानक समस्या देखापर्छ, प्राथमिक उपचार गर्नुपर्छ । अर्थात अस्पताल पु¥याउनुअघि वा चिकित्सक आउनुअघि थप जटिलताबाट रोक्न प्राथमिक उपचार गर्न सकिन्छ ।
बेहोस भएको अवस्थामा
प्राथमिक उपचार
-खुला हावा आउने स्थानमा लगेर सुताइदिनुपर्छ । खुट्टामा केहि सिरानी राखेर खुट्टाको भाग उठाइदिनु पर्छ ।
– हात खुट्टा चिसो भयो भने त्यसलाई तातो बनाउन मसाज गरिदिनुपर्छ ।
-झोलयुक्त खानेकुरा ख्वाउनुपर्छ । पानी, कागती पानी दिनुपर्छ ।
हातखुट्टा मर्किएमा वा हड्डी भाँचिएमा
प्राथमिक उपचार
-चोट लागेको स्थानमा कुनै सर्पोट बिना हल्लाउनु, चलाउनु हुँदैन, त्यहाँ कुनै खालको दबाव हुनुहुँदैन ।
-यदि हल्लाउनु वा चलाउनु परेको अवस्थामा चोट लागेको ठाँउमा कार्डबोर्ड, पत्रिकालाई फोल्ड गरेर राख्ने, सावधानीपूवर्क कपाडा बाँध्ने ।
-सुन्निएको कम गर्न वा दुखाई कम गर्नका लागि चेट भएको स्थानमा बरफ वा आइसक्युवले हल्का रगड्ने ।
-टाउको, गर्दन र कम्मरमा चोट लागेको छ भने हिँडडुल गर्नु हुँदैन ।
आगोले जलेमा
प्राथमिक उपचार
– यदि कपडामा आगो सल्कियो भने यताउता भाग्ने भन्दा जमिनमा रोल गरिहाल्नुपर्छ ।
-जलेको व्यक्तिलाई पानी हाल्ने होइन, बरु कम्बलले बेरेर आगो निभाउने प्रयास गर्नुपर्छ ।
-पीडितलाई सुरक्षित स्थानमा लगेर तुरुन्तै कपडा बदलिदिने ।
-जलेको भागमा बरफ लगाउने गल्ती नगरौ, बरु चिसो पानी हाल्नुपर्छ ।
-सुन्निएको र पोलेको कम गर्न घिउकुमारीको लोशन लगाउने ।
हृदयघात भएमा
प्राथमिक उपचार
– बिरामीलाई त्यही स्थानमा रहन दिनुपर्छ, जहाँ आरम महसुष गर्न सकोस् ।
– ध्यान राखौं कि ब्यक्ति वेहोस नहोस्, त्यसैले हावा चल्ने स्थानमा राख्नुपर्छ ।
-उसको धड्कन, उच्च रक्तचाप, चेतना अदिको बेलाबेला जाँच गरिरहनुपर्छ ।
-यदि उसलाई सास फेर्न गाह्रो भइरहेको छ भने कम्मरमा सिरानी राखेर उठाइदिनुपर्छ ।
-हृदयघात भएको तीन घण्टाअघि नै सहि उपचार गराउनुपर्छ ।
अस्थमा आक्रमण
प्राथमिक उपचार
-विरामीलाई आरमदायक ढंगले कुर्सीमा बसाउने ।
-आसपासमा भिड नगर्ने, शान्त र खुला स्थानमा राख्ने ।
-उनीहरुसँग रिलिवर पफ हुनसक्छ, त्यसैले बिरामीलाई रिलिवर पफ प्रयोग गराउने ।
-यदि त्यसले कुनै सुधार देखिएन भने चिकित्सकलाई तुरुन्तै खबर गर्ने ।
प्रतिक्रिया 4