+
+

बैंकर्स परिसंघद्वारा सहुलियत घोषणा– ब्याजदर घटाउने, हर्जना नलिने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते ७:५६
Photo Credit : परिसंघका अध्यक्ष पवन गाेल्यान

१० वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले केहि समय अघि ल्याएको सहुलियत प्याकेज अपुरो भन्दै निजी षेत्रहरुले असन्तुष्टि जनाइरहेका बेला बैंकहरु आफैले सहुलियत घोषण गरेका छन् । केन्द्रीय बैंकले घोषणा गरेको भन्दा धेरै सहज हुने गरी बैंकहरु आफै मिलेर सहुलियत घोषणा गरेका छन् ।

बैंक सञ्चालकहरुको अध्यक्षहरुको छाता संस्था नेपाल बैंकर्स परिसंघले ऋणिहरुका लागि सहुलियत प्याकेज घोषणा गरेको हो । परिसंघको बैठस बसी आफ्ना ऋणिहरुलाई यस्तो बेलामा ब्याज छुटदेखि तोकिएको ब्याजदर घटाउने सम्मको निर्णय गरिएको अध्यक्ष पवन गोल्यानले जानकारी दिए ।

उनका अनुसार कर्जा लिएका नियमित ग्राहकले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरिने निर्णय भएको छ ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ परिसंघले बताएको छ ।

वाणिज्य बैंकहरुले साना तथा मझौला उद्यम व्यवसाय (एसएमई) हरुलाई दिइएको १ करोड रुपैयाँसम्मको ऋणमा १ प्रतिशत व्याज घटाउनुका साथै विकास बैंकहरुले ४० लाख रुपैयाँसम्मको र फाइनान्स कम्पनीहरुले २० लाख रुपैयाँसम्मको एसएमई कर्जामा १ प्रतिशत व्याज घटाउने निर्णय समेत भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको चालु तथा संचालन खर्च उल्लेख्य रुपमा घटाउनको लागि विशेष पहल गर्ने समेत परिसंघले निर्णय गरेको छ ।

कोभिड १९ संक्रमणले नेपालको वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रमा परेको असर बारे अध्ययन गर्न विशेष अध्ययन कार्यदल गठन गरी सो कार्यदलले दिएको सुझावका आधारमा नियामक निकायसँग समन्वय गरी कार्यान्वयन गर्नु पर्ने समेत परिसंघले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?