+
+
Shares

जसपाले सभामुखलाई दियो पार्टी एकताको सूचना

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते १३:३२

११ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर पार्टी एकताको जानकारी गराएका छन् ।

सभामुखको सचिवालय सिंहदरबार पुगेर जसपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतले पार्टी एकता भएको र नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको जानकारी दिएका हुन् ।

बुधबार राति तत्कालीन राजपा नेपाल र समाजवादी पार्टी एकतापछि जनता समाजवादी पार्टी बनेको हो । बिहीबार बिहान निर्वाचन आयोग पुगेर जसपाका शीर्ष नेताहरुले पार्टी दर्ताको निवेदन दिएका छन् ।

निर्वाचन आयोगले नयाँ दल दर्ता भएको जानकारी गराएपछि संसद सचिवालयले उनीहरुका लागि बस्ने ठाउँ लगायतको व्यवस्था गर्नेछ ।

अहिले पनि सिंहदरबारमा समाजवादी र राजपाका लागि संसदीय दलका कार्यालयहरु छन् । अब दुवैको एकै ठाउँमा व्यवस्था हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?