+
+
Shares

बुटवलमा नेविसंघको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १२ गते १०:४८

१२ वैशाख, बुटवल । सरकारले हालै ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानविनको माग गर्दै नेपाल विद्यार्थी संघले बुटवलमा विरोध प्रदर्शन गरेको छ ।

लकडाउनकै बीचमा बुटवलको पुष्पलाल चोकमा कालो ब्यानर र प्लेकार्डसहित नेविसंघले प्रदर्शन गरेको हो ।

संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, तरुण दलका क्षेत्रीय अध्यक्ष हसन्त लामा, बुटवल उपमहानगर समितिका अध्यक्ष सुजन पुन र रुपन्देहीका विभिन्न क्याम्पसका नेविसंघका सभापति र नेताहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

सरकारको स्वेच्छाचारिता, भ्रष्टाचार र निरंकुश चरित्रविरुद्ध कोभिड-१९ को जोखिमलाई ख्याल गर्दै सामाजिक दुरी कायम गरेर विरोध प्रदर्शन गरिएको उपाध्यक्ष पौडेलले बताए ।

अध्यादेश फिर्ता र स्वास्थ्य सामग्री खरिदमा अनियमितता छानबिनसँगै कोरोनाबाट जोगिन आम नागरिकलाई स्वास्थ्य सामग्री सर्वसुलभ दरमा उपलब्ध गराउन र लकडाउनको मौकामा भइरहेको कालो बजारी तत्काल रोक्न सरकारललाई दबाब दिन प्रदर्शनमा उत्रिनुपरेको उनको भनाइ छ ।

सरकारले माग सम्बोधन नगरे प्रदेश र जिल्ला केन्द्रित आन्दोलनलाई लकडाउनकैबीच निरन्तरता दिने उनले बताए ।

प्रदर्शनमा नेविसंघका जिल्ला नेताहरू छाया पोखरेल, सुरज क्षेत्री, अशोक गौतम, रेशम केसीलगायतको सहभागिता थियो । नेविसंघको प्रदर्शनलाई प्रहरीले रोकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?