
१२ वैशाख, काठमाडौं । विदेशबाट आयात हुने माल वस्तु बोकेको सवारी साधन चालकको अनिवार्य कोरोना परिक्षण हुने भएको छ । विदेशबाट माल वस्तु आयात गर्दा भित्रिन सक्ने कोरोना जोखिम न्युनिकरण गर्न स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका यस्तो व्यवस्था गरिएको हो ।
महामारीको अवस्थामा हुने ढुवानीका कारण कोरोना आयात हुनबाट रोक्न निर्देशिका जारी गरिएको स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।
निर्देशकाअनुसार ढुवानीका साधन सञ्चालन गर्ने चालक तथा सहचालकको कोरोना परीक्षण भन्सार बिन्दुमै गरिने छ भने ढुवानीमा प्रयोग भएका सवारी साधनलाई अनिवार्य डीसइन्फेक्सन गरिने छ । यस्तै मालवस्तु चाँज पास गर्ने भन्सार कर्मचारीले अनिवार्य सुरक्षाका उपाय अवलम्बन गर्ने निर्देशिकामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4