+
+
Shares

मुस्लिम समुदायको रमजान सुरु, घरमै बसेर नमाज पढ्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १३ गते ६:५४

१३ वैशाख, काठमाडौं । इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शनिबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।

हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । अहिले हिजरी संवत १४४१ हो ।

सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको भएपनि कोरोना भाइरस (कोभिड–१९)को जोखिमका कारण यो वर्ष घरमै बसेर नमाज पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा बोल्दै शुक्रबार आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सामान्यतया एक महिनाभर मस्जिदमा गएर नमाज पढ्नुपर्ने भएपनि कोरोना भाइरसको रोकथामको लागि सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले घरघरमा नै नमाज बढ्नको लागि सबैसँग आग्रह गरे ।

रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ नमाज अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

प्रतिनिधि सभाका सांसद अतहर कमाल मुसलमानकाअनुसार रोजा बस्ने भनेको बिहान ३ः४३ देखि बेलुका ६ः५० सम्म निराहार बस्नु हो । उनका अनुसार यो शृङ्खला हरेक दिन भिन्दाभिन्दै समयमा सुरु हुने र अन्त्य हुने गर्छ ।

बिरामी, गर्भवती महिला र अशक्तलाई रोजा बस्न छुट रहेको पनि उनी बताउँछन् । रोजा बस्ने समयभरी निश्चित नियम भने पूरा गर्नुपर्ने उनी बताउँछन्् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?