+
+

रहेनन् बलिउड अभिनेता इरफान खान

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १७ गते १२:३३

बलिउड नायक इरफान खानको निधन भएको छ । इरफानको बुधबार बिहान निधन भएको हो ।

इफरान मंगलबार बिहान बाथरुममा उनी लडेका थिए । यसपछि, उनलाई उपचारका लागि मुम्बइको अस्पतालमा लगिएको थियो ।

स्वस्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार मुम्बइको कोकिलाबेन अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । तर, उपचारको क्रममा नै उनले निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

५४ बर्षका इरफान न्यूरोएन्डोक्राइन ट्यूमर रोगबाट पीडित थिए ।

उनी अभिनित ‘अंगेजी मिडियम’ यो वर्ष रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?