+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

सनराइज बैङ्कद्वारा ग्राहकहरूलाई मेरो किरानामा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १८ गते १५:३०

१८ वैशाख, काठमाडौं । सनराइज बैङ्कले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ ।

बैङ्कले लकडाउनको अवस्थामा पनि ‘मेरो किराना’मा गरिएको अर्डरका लागि सनराइज बैङ्कको क्युआर कोड प्रयोग गरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा पाँच सय रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने भएको हो ।

वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरू गरिएको बैङ्कले जनाएको छ । घरमा नै सुरक्षितरुपमा बसी डिजिटल बैङ्किङ सुविधाको उपभोग गर्न बैङ्कले ग्राहकहरूलाई आग्रह गरेको छ ।

साथै बैङ्कले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटिएम नेटवर्क, अनलाइन बैङ्किङ सेवाका साथै केही नगद काउन्टर, रेमिटयान्स सेवाहरू सुचारु राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?