+
+
Shares

पर्सामा बलात्कार आरोपी युवकमाथि कुटपिट

बलात्कार आरोपी र कुटपिटमा संलग्न सबै पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २१ गते २०:३५

२१ वैशाख, वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका–३ हरिहरपुरबिर्तामा बालिका बलात्कारको आरोप लागेका युवकमाथि कुटपिट भएको छ । प्रहरीले बलात्कारको आरोपी युवक र उनीमाथि कुटपिट गर्ने ४ जना गरी पाँच जनालाई पक्राउ गरेको छ ।

स्थानीय २२ बर्षीय दीपेन्द्र चौरसियालाई १४ बर्षीया बालिका बलात्कार गरेको आरोप लागेको छ । वैशाख १९ गते राति चौरसियाले बालिकाको बलात्कार गरेको भन्दै भोलिपल्ट हरिहरपुर विर्तामा चौरसियामाथि कुटपिट भएको थियो ।

चौरसियालाई कुटपीट गरेका आरोपमा ईम्तियाज मिया, तैयब मिया, नौसाद मिया र मुस्तकिम मियाँ पक्राउ परेका छन् ।

बलात्कारको आरोपी चौरसिया र कुटपीटमा संलग्न सबैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले जानकारी दिए ।

‘केटी पक्षले चौरसियाले बालिकाको बलत्कार गरेको आरोप लगाएको छ । केटा पक्षले निर्घात कुटपीट गरेको दावी गरेका छन्’ उनले भने ‘घटनामा म्ुछिएका पाँचै जनालाई पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला पठाएका छौं ।’

बालिकाको स्वास्थ्य परीक्षण र चौरसियाको घाउँजाँच परीक्षण लगायतका प्रारम्भिक अनुसन्धानको काम प्रहरीले गरिरहेको छ । दुवैको रिपोर्टको आधारमा मात्रै उनीहरुको दावी सत्य हो वा झुठो पुष्टी हुने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?