+
+
Shares

तीन चरणमा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २३ गते ११:५६

२३ वैशाख, काठमाडौं । सरकारले तीन चरणमा उद्योग सञ्चालन गर्ने गृहकार्य गरेको छ । लकडाउन लम्बिँदै जाँदा अर्थतन्त्र धरासायी हुँदै गएकोभन्दै उद्योग चलाउने तयारी गरिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए ।

पहिलो चरणमा अत्यावश्यक र खाद्यान्न उत्पादन गर्ने, दोस्रो चरणमा निमार्ण र पूर्वाधारको क्षेत्र र तेस्रो चरणमा निर्यातमुखी उद्योग चलाउन उच्चस्तरीय समितिमा मन्त्रालयले प्रस्ताव पेश गरेको मन्त्री भट्टले बताए ।

‘मंगलबार बस्ने कोरोना नियन्त्रण उच्चस्तरीय समितिमा उद्योग सञ्चालनको मोडालिटीको अन्तिम सुझाव तयार हुने र बुधबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय लिन्छ,’ उनले भने ।

उद्योग सञ्चालनको कार्यविधि नै बनाएर उद्योग सञ्चालनको तयारी गरेको मन्त्रालयले जनाएको छ। उद्योग सञ्चालन गर्दा सामाजिक दुरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गरेर गर्ने जस्ता सुरक्षाका उपाय अपनाउने कार्यविधि बन्नेछ।

उद्योग सञ्चालनका लागि उद्योगीहरूको छाता संगठन, श्रमिक संगठनलगायतसँग छलफल गरिसकिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?